Skip to main content

शिक्षकले राजनीति गर्ने भए पेशा त्याग्न सक्नुपर्छ- व्दारे



बागलुङ २०७० कात्तिक क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चलका निर्देशक विष्णुबहादुर द्वारेले शिक्षक आफ्नो पेशाप्रति जिम्मेवार नभएसम्म बिद्यालयको शैक्षिक गुणस्तर सुधार्न नसकिने बताएका छन्
क्षत्रीय शिक्षा निर्देशनालय पोखराकोले आज बागलुङमा आयोजना गरेका शैक्षिक सुधारका लागी संचार माध्यमसँगको सहकार्य बिषयक अभिमुखीकरण गोष्ठीमा बोल्दै द्वारेले बिद्यालयको शैक्षिक सुधारमा भौतीक संरचना भन्दा शिक्षकको कार्य कुशलताले महत्वपूर्ण भूमिका खेल्ने बताए
राज्यको कोषबाट तलव खाएर राजनितीक दलका काम गर्न नमिल्ने बताउँदै उनले भने राजनीति गर्ने भए पेशा त्याग्न सक्नुपर्छ सामुदायीक बिद्यालयका अधिकांश शिक्षक जिम्मेवार नभएकाले शैक्षिक गुणस्तर सुधार्न गाह्रो भएको उनको गुनासो थियो
द्वारेले शिक्षाको गुणस्तर विकासका लागी संचार माध्याम पत्रकारहरुले खेलेको भुमिकाको प्रशंसा गर्दै आवश्यक ठाउँमा सुझाव दिन खवरदारी गर्न पत्रकारहरुलाइ आग्रह पनि गरे
कार्यक्रममा बोल्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष राम बहादुर जिसीले निर्देशनालयले संचार माध्यामसँग सहकार्य गर्ने गरी कार्यक्रमहरु ल्याउनु पर्ने बताए गोष्ठीमा बागलुङका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो गोष्ठीको सहजिकरण निर्देशनालयका उपसचिव केशरीरमण न्यौपानेले गरेका थिए

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...