Skip to main content

विद्यालयलाई चुनाव प्रचारको थलो नबनाउन निर्देशन

बर्दिवास, कात्तिक ९ गते । महोत्तरी जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले संविधानसभा निर्वाचनका क्रममा चुनाव प्रचारका कार्यक्रम विद्यालय परिसरमा नगर्न दल र उम्मेदवारलाई सचेत गराएको छ । निर्वाचनका लागि जिल्लाका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले शुक्रबार साँझ विज्ञप्ति नै प्रकाहज गरेर दल र उम्मेदवारलाई सचेत गराउनुभएको हो । कतिपय निर्वाचन क्षेत्रमा चुनावीसभाका कार्यक्रम विद्यालय परिसरमा आयोजन भएका गुनासो आएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले यो क्रमले निरन्तरता पाइरहे आचारसंहिता उलङ्घनबारे कारबाही चलाइने स्पष्ट पारेको छ । ‘‘निर्वाचन आचारसंहिता उलङ्घन भएको पाइएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्नेसँगै रु एक लाखसम्म जरिवाना गर्नसकिने प्रावधानतर्फ सबै दल र उम्मेदवारलाई सचेत गराइन्छ’’ मुख्य निर्वाचन अधिकृत खरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका ३ नं क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रका विद्यालय परिसरमा राजनीतिक दलले चुनावीसभा र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरेका गुनासो बढेपछि कार्यालयले विज्ञप्ति नै जारी गरेर सचेत गराउनुपरेको बुझिएको छ । पछिल्लो पटक छापा एवम् विद्युतीयसहितका सञ्चारमाध्यममा प्रचारप्रसार पनि निर्वाचन खर्च सीमाको अधीनमा रहेर मर्यादित रुपले गर्न मुख्य निर्वाचन अधिकृत खरेलले आफ्नो विज्ञप्तिमार्फत सचेत गराउनुभएको छ ।
चुनावी प्रचारप्रसारका कुरामा समाचार सम्पे्रषण र प्रायोजित सन्देशमा कुनै पनि सञ्चारमाध्यमले कुनै दल र उम्मेदवारलाई काखापाखा गर्न नहुने विज्ञप्तिमा प्रस्ट्याइएको छ । जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा दल र उम्मेदवारले प्रयोग गरिरहेका सवारीसाधन कानुन र निर्वाचन विधि नियमानुकूल नियमन गरेको नपाइएमा तत्काल कारबाहीको विषय बनाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...