Skip to main content

विद्यालयलाई पाँच थान कम्प्युटर सहयोग


सन्तोष गौतम, म्याग्दी, २०७० कात्तिक १० । म्याग्दीको झीँ गाविसमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा एकै व्यक्तिले पाँच थान कम्प्युटर सहयोग गरेका छन्
झीँ–६ घर भई हाल काठमाडौँमा बस्दै आएका चनबहादुर पाइजाले १ लाख ५० हजार रुपैया बराबरको पाँच थान कम्प्युटर सहयोग गरेका हुन । विद्यालयमा कम्प्युटर सुविधा पु¥याएर व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले पाइजाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको विद्यालयका शिक्षक दुर्गादत्त रिजालले जानकारी दिए ।
आगामी शैक्षिक सत्रबाट कक्षा ६ देखि कम्प्युटर शिक्षा लागू गर्ने तयारी गरेको उक्त विद्यालयलाई थप दुई थान कम्प्युटर खरिदका लागिसमेत स्थानीय चन्दादाताले आर्थिक सहयोग गरेका छन ।
थप कम्प्युटर खरिदका लागि झीँ घर भई हाल हङकङमा बस्दै आएका चन्द्रबहादुर शेरपुञ्जाले २६ हजार, कर्ण पाइजा, साउनदेवी थजाली र खड्क थजालीले १३÷१३ हजार र विद्यालयका भूपू विद्यार्थी हाल काठमाडाँैमा बास्दै आएका सीता थापा र इन्द्र थापाले १५ हजार रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयमा अहिले २७४ विद्यार्थी अध्ययनरत छन् ।
source:ebaglung.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...