Skip to main content

पर्वतमा शिक्षाको बार्षिक बजेट ७४ करोड ३० लाख


भूमिराज शर्मा
पर्वत, १० कार्तिक ।
जिल्ला शिक्षा कार्यालय पर्वतले चालु आर्थिक बर्ष ०७०/७१ का लागि तयार गरिएको बार्षिक कार्यक्रमको अभिमुखिकरण आइतबार सरोकारवालाहरुबीच सम्पन्न गरेको छ । यस आर्थिक बर्षमा जिल्लाको शिक्षाका लागि नेपाल सरकार शिक्षा मन्त्रालयले कुल ७४ करोड ३० लाख १७ हजार लगानी गर्ने भएको हो ।
अभिमुखीकरण कार्यक्रममा जिशिका पर्वतले दिएको जानकारी अनुसार बाल विकास तथा शिक्षाका लागि १ करोड २२ लाख ९०  हजार, विद्यालय शिक्षामा पहुँचको सुनिश्चितताका लागि ६ करोड ३ लाख ८२ हजार, साक्षरता तथा निरन्तर शिक्षा तर्फ ५३ लाख ९७ हजार, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि १ करोड ६७ लाख ३२ हजार, शिक्षक शिक्षा तथा विकास तर्फ ८४ लाख ८० हजार, प्रभावकारी सेवा प्रवाहका लागि क्षमता अभिबृद्धि तर्फ ३० लाख ८० हजार, विद्यालय व्यवस्थापन तथा अनुगमन तर्फ ८९ लाख ५९ हजार, प्रोत्साहन तथा सहयोग तर्फ २ करोड २३ लाख ८९ हजार र विद्यालयहरुलाई प्रति विद्यार्थी लागतको आधारमा नन् स्यालरी अनुदान सहयोग ४ करोड ५ लाख ३९ हजार गरी चालु कार्यक्रमको जम्मा खर्च १७ करोड ८३ लाख ५७ हजार विनियोजन गरिएकोे छ ।
त्यसै गरी पुँजीगत तर्फ भौतिक सुविधा विस्तार कार्यक्रमका लागि २ लाख ८० हजार खर्च गरिने भएको छ । अन्य बाँकि ५६ करोड ४३ लाख ८० हजार रकम शिक्षक कर्मचारीहरुको तलबमा खर्चिने बताइएको छ । जिल्ला बिकास समिति, बिभिन्न गैहसरकारी सस्थाहरु, नेपाल सरकारका अन्य बिभाग, मन्त्रालय, ब्यक्तिले गर्ने लगानी यसमा समाबेश नगरिएको जिल्ला शिक्षा कार्यालयका उपसचिब कुस्मराज उपाध्यायले बताउनु भयो । कार्यक्रममा प्रस्तुत गरिएको जानकारी अनुसार जिल्लामा प्रति बिद्यार्थी बार्षिक १५ हजार ३ सय ७८ रुपैया खर्च हुने भएको छ ।
यस बर्ष जिल्लाका ३ सय ३१ सामुदायिक र ४१ संस्थागत समेत कुल ३ सय ७२ विद्यालयमा कक्षा १ देखि १२ सम्म २४ हजार ७० छात्रा र २४ हजार २ सय ४४ छात्र गरी ४८ हजार ३ सय १४  जना बिद्यार्थी अध्ययनरत छन भने साक्षरता प्रतिशत ७३.८५ प्रतिशत रहेको छ ।  जिल्लाका १ हजार ९ सय ८४ दरबन्दीमा शिक्षकहरु कार्यरत रहेको जिल्ला शिक्षा  कार्यालय पर्वतले जानकारी दिएको छ ।
जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालय निरीक्षक टेक प्रसाद पाण्डे र सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको अभिमुखीकरण उपसचिव कुस्मराज उपाध्यायले गर्नु भएको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...