Skip to main content

शिक्षा बिभागको यो बर्ष मुस्ताङको शिक्षामा ५१ करोड लगानी


चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, कार्तिक ७ गते । हिमाली जिल्ला मुस्ताङको शिक्षाका लागि नेपाल सरकार शिक्षा मन्त्रालयले यो बर्ष करिब ५१ करोड लगानी गर्ने भएको छ ।

बिद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि ४१ करोड ८ लाख ३३ हजार रुपैया शिक्षा बिभागले मुस्ताङका लागि बिनियोजन गरेको छ । यसै गरि शिक्षकको बार्षिक तलब करिब ९ करोड, जिल्ला शिक्षा कार्यालयका कर्मचारीको तलब सहित साधारण बजेट करिब १ करोड गरि जिल्लामा करिब ५१ करोड शिक्षामा सरकारले खर्च गर्ने भएको हो । जिल्ला बिकास समिती, बिभिन्न गैहसरकारी सस्थाहरु, नेपाल सरकारका अन्य बिभाग, मन्त्रालय, ब्यक्तिबिषेशले गर्ने लगानी यसमा समाबेश नभएको जिल्ला शिक्षा कार्यालयका उपसचिब राम प्रसाद आचार्यले बताउनु भयो ।

बिद्यालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत भौतिक सुधार कार्यक्रमका लागि ७९ लाख, साक्षरता शिक्षाका लागि २७ लाख, शैक्षिक गुणस्तर अभिबृद्धिका लागि १० लाख ६५ हजार, शिक्षक तालिमका लागि १५ लाख १६ हजार, बिद्यालय ब्यबस्थापन र अनुगमनका लागि २२ लाख २४ हजार बिनियोजन भएको छ । हिमाली छात्रवासका लागि ११ लाख २४ हजार छात्रबृद्धि, शैक्षिक सामाग्राका लागि ५३ लाख ५७ लाख रुपैया बिद्यालयमा अनुदानका रुपमा प्रदान गरिने उपसचिब रामप्रसाद आर्चायले जानकारी दिनुभयो । बिद्यालय शिक्षामा पहुचको सुनिष्चताका लागि १३ लाख ५० हजार र प्रारम्भक बालबिकास तथा शिक्षाका लागि २१ लाख ९४ हजार बिनियोजन भएको छ । यसै गरि शिक्षकको बार्षिक तलब करिब ९ करोड र जिल्ला शिक्षा कार्यालयका कर्मचारीको तलब एव अन्य साधारण खर्च करिब १ करोड हुने देखिन्छ ।

जिल्लामा १ हजार २ सय ८२ छात्रा र १ हजार २ सय ५३ छात्र गरि २ हजार ५ सय ३५ जना बिद्यार्थी कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका छन । जिल्ला शिक्षा कार्यालय मुस्ताङले जिल्लाका सबै बिद्यार्थीहरुको ब्यक्तिगत बिबरण सहितको परिचय खुल्ने बिबरण अद्याबधिक गरिसकेको जनाएको छ । यसको प्रमाणीकरणको प्रक्रियामा रहेका उपसचिब आचार्यले बताउनु भयो ।


Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...