Skip to main content

विद्यार्थीको आकर्षण शिक्षाशास्त्र संकायमा


अर्घाखाँची मङ्सिर १३ गते ।  उच्चशिक्षा हासिल गर्ने अर्घाखॉचीका विद्यार्थीमध्ये अधिकांश विद्यार्थी शिक्षा शास्त्र संंकायमा आकर्षित भएका छन् । उच्चशिक्षा अध्ययनपछि रोजगारीको समेत ग्यारेन्टी भएका कारण यहाँका विद्यार्थी शिक्षा शास्त्र संकायप्रति आकर्षित भएका हुन् । 
जिल्लामा सञ्चालित पाँचवटा क्याम्पसहरूमध्ये पाणिनि बहुमुखीबाहेकका अन्य सबै क्याम्पसमा शिक्षा शास्त्र संकायको मात्र पठनपाठन हुने गरेको छ । बी.एड.को अध्ययन पूरा गरेपछि सरकारी तथा निजी शिक्षण सङ्घ संस्थाहरूमा शिक्षकको जागिर पाइने भएकोले बी.एड. पढ्न थालेको विद्यार्थी बताउँछन् । जिल्लामा हालसम्म बी.एड. पूरा गरेका विद्यार्थीमध्ये ७५ प्रतिशतभन्दा बढी विद्यार्थी शिक्षण पेसामा आबद्ध छन् । 
बाँकी २५ प्रतिशतमध्ये पनि अधिकांशले कुनै न कुनै किसिमको रोजगारी गर्दै आएको जनाइएको छ । अन्य विषयहरूभन्दा पढ्न सजिलो र पढिसके पछि रोजगारीको लागि पनि सजिलो भएकोले बी.एड.मा विद्यार्थीको चाप बढेको प्राध्यापकहरूको भनाइ छ । अर्घाखाँची जिल्लाको सबैभन्दा जेठो र एकमात्र बहुमुखी क्याम्पस पाणिनी बहुमुखी क्याम्पसमा स्नातक तहमा करिब पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । अध्ययनरत विद्यार्थीहरूमध्ये करिब ९० प्रतिशत विद्यार्थीले शिक्षा शास्त्र, नौ प्रतिशत विद्यार्थी व्यवस्थापन संकाय र केवल १ देखि २ प्रतिशत विद्यार्थीमात्रै मानविकी संकायमा भर्ना भएका छन् । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...