Skip to main content

बाँकेका अधिकांश बिद्यालय अपाङ्गमैत्री छैनन्


नेपालगन्ज, मंसिर १२ गते । बा“केका अधिकांश बिद्यालय अपाङ्गमैत्री नभएको पाईएको छ ।
जिल्ला शिक्षा अनुगमन समितिले बाँकेका ५ वटा विद्यालयमा गरेको अनुगमनका क्रममा ति विद्यालयहरु अपाङ्गमैत्री नभएको पाईएको हो । सरकारले समाहित शिक्षाको अवधारणा अख्तियार गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन बा“केमा हुन नसकेको अनुगमन समितिले ठहर गरेको छ ।
विद्यालयका भौतिक संरचनाहरुमा र्याम्प नभएको, शौचालयपनि अपाङ्गमैत्री नभएको पाईएको समितिले जनााएको छ । “बिद्यालयको भौतिक संरचनादेखि शिक्षण सिकाई प्रक्रियापनि अपाङ्गमैत्री नभएको पाईयो” अनुगमनपछि राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष एकदेव पन्थिले भन्नुभयो “कैंयौ विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरुको तथ्याङक समेत छैन ।” 
अधिकांश विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरुले छात्रबृत्ति समेत नपाएको पाईएको पन्थिको भनाई छ । अपाङ्गता भएका बालबालिकाहरुको परिचयपत्र नहु“दा छात्रबृत्ति उपलब्ध गराउन नसकिएको सम्बन्धित विद्यालयका प्रधानध्यापकहरुले वताएका छन् । 
त्यसक्रममा जिल्ला शिक्षा कार्यालय बा“केका योजना अधिकृत मनप्रसाद रेग्मीले छात्रबृत्तिका लागि कार्यालयले कुनै कसुर बा“की नराखेको बताउनु भयो । “प्राविधीक केही समस्या छन्, त्यसलाई व्यवस्थापन गरि समस्यालाई टुङग्याईने छ,–उहाले भन्नुभयो । 
समितिले जिल्लाका मावि बनकट्टी, शहिद स्मारक उच्च मावि कम्दी, सरस्वती मावि पनेरिया फत्तेपुर, सिद्देश्वर उच्च मावि सिधनिया र निमावि सररा फत्तेपुरका ५ विद्यालयको अनुगमन गरेको थियो ।
 डेक नेपाल र सिया नेपालको आयोजनामा अनुगमनमा शिक्षा कार्यालयका योजना अधिकृत मनप्रसाद रेग्मीको संयोजनमा डेकका निर्देशक देविदत्त आचार्य, राष्ट्रिय अपाङ्ग महासंघका क्षेत्रीय अध्यक्ष भावकुजंग थापा, शिक्षक संगठनका अध्यक्ष एकदेव पन्थि, अनुगमन समितिका सदस्य हेमकुमार रावत, रेडियो कृष्णसार एफएमका समाचार सह–संयोजक प्रियास्मृती ढकालको सहभागिता रहेको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...