बाबियाचौर (म्याग्दी), पुस १२ गते । सदरमुकाम बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयलाई अस्टे«लियामा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।
अस्टे«लियामा रहेका म्याग्देलीले साङ्गीतिक कार्यक्रममार्फत संकलन गरेको रु तीन लाख सहयोग गरेका पुस्तकालयका सदस्य दीपेन्द्र श्रेष्ठले बताउनुभयो । म्याग्दी सेवा समाज अस्टे«लियामार्फत सहयोग प्राप्त भएको हो ।
दस वर्षअघि द्वन्द्वको समयमा जलेको पुस्तकालय भवन पुनःनिर्माण गर्दा लागेको ऋण तिर्न प्रवासीले सहयोग गरेका हुन् । द्वन्द्वको क्रममा भएको दोहोरो भिडन्तमा जिविससँगै रहेको पुस्तकालय भवनको साथै ६ हजारभन्दा बढी पुस्तक जलेका थिए ।
विसं २०६४ मा पुस्तकालय पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माण गर्ने क्रममा हालसम्म रु १४ लाख ऋण रहेको पुस्तकालयका अध्यक्ष सन्तोष रावलले बताउनुभयो । ऋण तिर्न र पुस्तकालयको क्षमता विस्तार गर्ने उद्देश्यले पुस ७ गते बेनीमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्यको साङ्गीतिक कार्यक्रम पनि गरिएको थियो ।
नेपथ्य समूहका मुख्य गायक अमृत गुरुङको साङ्गीतिक प्रस्तुति रहेको सो कार्यक्रममा रु तीन लाख ६० हजारको टिकट बिक्री भएकोमा रु दुई लाख बचत भएको बताइएको छ । विसं २०२७ मा स्थापित म्याग्दी सामुदायिक पुस्तकालय जिल्लाकै पुरानो मानिन्छ । रासस