सुरेश छन्त्याल, विष्णु काउचा / गल्कोट २०७० पुष १५ । पाण्डवखानी उमाविको पुस्तकालयमा रहेका कम्प्यूटरहरु चोरी गर्ने सोही विद्यायलमा पढाउने एक जना शिक्षकलाई कार्बाही गरिएको छ ।
गत शनिवार विद्यालयको पुस्तकालयबाट एक थान कम्प्यूटर हराएकोमा खोज्दै जाँदा विद्यालयका कर्मचारीले सो कम्प्यूटर नजिकैको वडा नं ७ को जंगलमा लुकाई राखेको अवस्थामा फेला पारे पछी अनुसन्धान गर्दै जाँदा सोही विद्यालयका निमावि शिक्षक विहुँ गाविस १ का नारायणप्रसाद कँडेलले चोरी गरेको खुल्न आएको विद्यालयले जनाएको छ ।
यसअघि सोही विद्यालयबाट हराएका २ ओटा कम्प्युटर पनि आफुले लगेको शिक्षक कँडेलले स्विकार गरेको विद्यालयले जनाएको छ । कम्प्युटर चोरी गर्ने शिक्षकको पहिचान भएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक प्रतिनिधि एवं स्थानिय वासीहरुको आज सम्पन्न वैठकमा शिक्षक कँडेललाई १० पटक कान समातेर उठबस गराई शिक्षक पदबाट राजिनामा दिन लगाई छोडिएको थियो ।
शिक्षक कँडेलले आफुले अनैतिक कार्य गरेको स्वीकार गर्दैै राजिनामा दिएको सो विद्यालयका प्रअ खिम खड्काले बताएका छन् ।
source:ebaglung.com