Skip to main content

हिमालय उमावि खुर्कोटको बार्षिकोत्सब तथा अभिभावक दिवस

भूमिराज शर्मा
पर्वत, १४ पुस
             जिल्लाको खुर्कोट गाविसमा रहेको हिमालय उमाविको ४८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस एक भव्य समारोहकाबीच आइतबार सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै पर्वतका जिल्ला शिक्षा अधिकारी घनश्याम पौडेलले सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि शिक्षक विद्यार्थी, अभिभावक लगायत सम्बन्धित सबै सरोकारवालाहरु क्रियाशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सामुदायिक विद्यालयमा राज्यले पर्याप्त लगानी गरेको भए पनि प्रतिफल सन्तोषजनक हुन नसकेको पौडेलले बताउनु भयो ।

          कार्यक्रममा स्रोतव्यक्ति सुभन्तनाथ सुवेदी, शिक्षक युनियन पर्वतका अध्यक्ष हिरादेवी शर्मा, पाङ गाविसका पूर्व अध्यक्ष हेम शर्मा पौडेल, समाजसेवी गंगाधर पौडेल, विद्यालयका पूर्व प्राचार्य द्रोणराज उपाध्याय, गाविस सचिव तीर्थ प्रसाद शर्मा, पूर्व विव्यस अध्यक्ष शेषराज रेग्मी, कालिका माविका प्रअ बाबुराम शर्मा, भूपु शिक्षक गुप्तनिधि शर्मा, भूपू विद्यार्थी समाजका अध्यक्ष आनन्दराज पौडेल, लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

          विद्यालयका प्रअ माधवराज रेग्मीले आयव्यय तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको सो समारोहमा बिद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यकान्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक बालकृष्ण बाँस्तोलाले गर्नु भएको थियो भने सहभागीहरुलाई स्वागत शिक्षक झलकराज रेग्मी, बिद्याथीहरु प्रविणा सुवेदी र अंगद बहादुर पौडेलले गर्नु भएको थियो ।  
         जिल्लाकै प्रतिष्ठित विद्यालयको रुपमा ख्याति कमाएको उक्त विद्यालयले विगत केही बर्ष यता एसएलसी परीक्षामा लगातार विशिष्ट श्रेणी सहित उत्कृष्ट नतिजा हासील गर्दै आएको छ भने शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विद्यालयमा पर्याप्त शिक्षकहरु हुँदाहुदै पनि निजी स्रोतमा शिक्षकहरु नियुक्त गरी कक्षा चार सम्म अंगे्रजी माध्यममा कक्षा संचालन गरिरहेको छ ।  

Popular posts from this blog

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर्नु वा केही सिक्नु भन्ने हो । शिक्षाले नै मानिसलाई कुनै विषयमा निष्णात वा पारङ्गत बनाउँछ । यसकारण यन्त्र, उपकरण, मेसिन, उदोगधन्दा, कलकारखाना लगायतका विभिन्न प्रविधिसँग सम्बन्धित ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । यस्तो शिक्षा वर्तमानको आवश्यकता बनेको छ । प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्नसक्छ । वर्तमान समय विज्ञान र प्रविधिको समय हो । मुलुकको विकासका लागि भौतिक तथा प्राकृतिक साधन स्रोतको जति मात्रामा भूमिका रहन्छ त्यो भन्दा बढी भूमिका जनशक्ति वा मानवशक्तिको रहन्छ । देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानवीय पूँजी निर्माणका लागि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान आर्जन गरेको व्यक्तिले मात्र प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गरी मानवकल्याणका निमित्त योगदान दिनसक्छ । हाम्रो देश नेपाल विश्वका अन्य कतिपय मुलुकको दाँजोम

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने सोधपुछमा आधारित अनुसन्धान र अभ्यासबाट परीक्षण हुँदै नयाँ प्रयोगको कार्यान्वयन, तुलनात्मक नतिजा विश्लेषण माध्यमबाट शिक्ष

गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु

भूमिराज शर्मा गणितमा अधिकांश विद्यार्थीहरु असफल हुनुका कारण र समाधानका उपायहरु                               गणित अंकहरुको विज्ञान हो । वर्तमान परिवेशमा गणित केवल अंकहरुको विज्ञान मात्र होइन यो त मानव जीवन हो । जीवनको हरेक पलसँग गणित जोडिएको छ । हरेक विषयको विषयगत ज्ञान गणितको अध्ययन विना पूरा हुदैन । त्यसैले भनिन्छ गणित शिक्षाको मूल जरा हो । गणितीय ज्ञान विना कुनै पनि ज्ञान संभव छैन । मानव जीवनको मेरुदण्ड जस्तै शिक्षाको मेरुदण्ड गणित नै हो । गणितको विकास नभैकन विज्ञान र प्रविधिको विकास हुदैन, विज्ञान र प्रविधिको विकास बिना राष्ट्रको विकास सम्भव हुँदैन ।            मानवीय क्रियाकलापको अन्र्तनिहित शक्ति गणितमा नै निहित छ । विश्वका हरेक पक्षहरुमा गणितको अध्ययन र उपस्थिति जरुरी छ । विद्यार्थीहरुको बुद्घिमत्ताको परीक्षण पनि गणितीय साधनकै प्रयोगले गर्न सकिन्छ । कुनै विद्यार्थी गणितमा कमजोर छ भने उसले हरेक विषयमा आफूलाई कमजोर महसुस गरी आत्मविश्वास विहीन बन्छ तर गणितमा अब्बल विद्यार्थी आफूलाई हरेक विषयमा अब्बल रहेको प्रमाणित गर्न सक्छ र आफूलाई आत्मविश्वासले भर्न सक्छ । तसर्थ मानव