Skip to main content

म्याग्दी पुलाचौर गाविसका तीन विद्यालय एकै ठाउँमा गाभ्ने तयारी

सन्तोष गौतम, म्याग्दी २०७० पुष १४ । म्याग्दीको पुलाचौर गाविसमा रहेका तीन वटा विद्यालयलाई एकै ठाउँमा गाभ्ने तयारी भएको छ ।
पुलाचौर गाविसको ५ र ६ नम्बर वडामा रहेका तीन वटा विद्यालयमा विद्यार्थी संख्या न्युन भएपछि विद्यालय व्यवस्थापन समितिको संयुक्त भेलाले विद्यालय एकिकरण गरेर तह थप गर्न पहल गर्ने निर्णय गरेको हो ।
पुलाचौर ५ मा रहेको जगन्नाथ प्राबि नयाँगाउँ, जगन्नाथ प्राबि गाजने र ६ नम्बर वडाको डिम्ब प्राबि चिप्लेटीलाई एकीकरण गर्न समुदायमा छलफल गरि आवश्यक प्रक्रिया अघि बढाइएको विद्यालय एकिकरणका लागि गठित समितिका अध्यक्ष चन्द्रबहादुर पाईजाले बताए ।
विद्यार्थी संख्या कम भएको, भौगोलिक हिसावले नजिक पर्ने र तह थप गर्नुपर्ने आवश्यकता भएकाले विद्यालय गाभ्न लागिएको पाईजाले बताए । हाल चिप्लेटी गाउँको डिम्ब प्राविमा ३७, गाजनेको जगन्नाथ प्राविमा १२ र नयाँगाउँको जगन्नाथ प्राविमा ३८ जना विद्यार्थी रहेका छन् ।

डिम्ब प्रावि चिप्लेटी र जगन्नाथ प्रावि नयाँगाउँमा ३÷३ जना दरबन्दीका शिक्षक र एकएक जना निजि स्रोतका शिक्षक छन भने जगन्नाथ प्रावि गाजनेमा २ जना दरबन्दीका र एकजना बालकक्षाको दरबन्दी रहेको छ । अध्यक्ष पाईजाले तिन वटै विद्यालयलाई एकिकरण गरि निमावी र मावि तहको कक्षा सञ्चालन गर्न पहल गरिएको बताए ।
आधा घण्टाको दुरीमा पर्ने विद्यार्थी संख्या न्युन भएका र विद्यार्थीहरु सहजै विद्यालय जानआउन सक्ने भौगोलिक अवस्था भएका ठाउँका विद्यालयहरु गाभ्न सकिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा अधिकारी बिष्णुनारायण श्रेष्ठले समुदाय र विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर आएमा विद्यालय गाभ्ने अनुमती दिन सकिने बताए ।
source:ebaglung.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...