Skip to main content

स्कुलका लागि चित्र



काठमाडौ, माघ १४ - चित्रकार ज्योतिप्रकाश बिके पाँच वर्षअघि विदेशबाट रंग बोकेर फर्केका थिए । रोजगारीका लागि विदेश गएका उनले कोसेलीको रूपमा रंग लिएर आएका थिए । तिनै कोसेली रंगले कोरिएका चित्रहरू यति बेला उनले प्रदर्शनीमा राखेका छन्, आफ्नै गाउँको स्कुललाई सघाउन । बिदेसिएकाको पीडामाथि गत वर्ष पनि एकल चित्र प्रदर्शनी गरेका ३८ वर्षे ज्योतिको यो चौथो एकल प्रस्तुति हो । ठमेलस्थित मिथिला येँ ग्यालरीमा 'इलिगेन्स' शीर्षकमा उनका २१ सिर्जना सजिएका छन् । आफ्नो जन्मथलो नवलपरासी, डेडगाउँ-५ मा रहेको अकेलादेवी प्राथमिक विद्यालयलाई सहयोगार्थ उनले प्रदर्शनी गरेका हुन् । अहिलेसम्म ७० हजार रुपैयाँको चित्र बिक्री भइसकेको उनले जनाए । प्रदर्शनीमा राखिएका चित्र अर्धमूर्त छन् । मिक्स मिडियाको प्रयोग गरेर उनले परम्परागत भौतिक सम्पदाको महत्त्व झल्काएका छन् । कलाकार एवं समीक्षक केशवराज खनालले ज्योतिको चित्रमा शालीनता झल्किने दाबी गरे ।
मन्दिर, पुराना शैलीका घर र पुरानो नेपालको प्रतिविम्ब उनको चित्रमा पाइन्छन् । जीवन्त महसुस गराउन उनले सबैजसो चित्रमा टेक्स्चर प्रयोग गरेका छन् । करिब ६० दलित बालबालिकाले स्कुलमा अध्ययन गर्ने स्कुललाई सहयोग गर्ने चाहना पहिलेदेखि नै भए पनि यसपटक चित्र प्रदर्शनीको संयोग मिलाइएको ज्योतिले बताए । माघ १४ सम्म चल्ने प्रदर्शनीमा ७ हजारदेखि १० हजार रुपैयाँका चित्र छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...