Skip to main content

नागरिकलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गर्न सभासद पौडेलको आग्रह


prakash Paudel NC 2

बागलुङ, माघ १७ । नेपाली कांग्रेस बागलुङका सभापति तथा सभासद प्रकाश शर्मा पौडेलले बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस बागलुङको नवौँ अधिवेशन उद्.घाटन गर्दै हरेक नागरिकलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले नयाँ संविधानमा सवैको शिक्षाको अधिकार सुनिस्चितगर्न पहल गर्ने बताए । शिक्षा लिनकोलागि यहाँका विद्यार्थी विदेशिने क्रम रोकी नेपाललाईनै अन्तराष्ट्रिय शिक्षाको गन्तव्य बनाउन समेत पहल गर्नु पर्ने उनको भनाई थियो ।
व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि नवराज पौडेल, कांग्रेस पैयुँपाटाका सभापति नारायण शर्मा पौडेल, नेकपा एमालेका यज्ञ रखाल, एमाओवादीका टिकाराम पाठक, पृथ्वी उच्च माविका प्राचार्य इश्वरी प्रसाद ढकाल, क्याम्पसका संरक्षक चुडामणी शर्मा पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । क्याम्पस व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनकोलागि अध्यक्षमा ६ जना र सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययनको नमूना प्रश्न पत्र तह माबि

नमुना प्रश्नपत्र विषय : सामाजिक अध्ययन तह : माध्यमिक समूह ख विषयगत उत्तर दिनुहोस् । ८ × ५ = ४० १.सामाजिक अध्ययनलाई किन वहुविधाको रुपमा लिइएको छ ? माध्यमिक तहमा सामाजिक विषय अ...