Skip to main content

नेपथ्यको सङ्गीत यात्राबाट उठेको रकम विद्यालयलाई हस्तान्तरण


चितवन,  माघ १४ गते । नेपथ्य साङ्गीतिक समूहले मङ्सिर महिनामा शान्तिका लागि शिक्षा भन्ने नारासहित चितवनमा सञ्चालन गरेको साङ्गीतिक यात्राबाट उठेको रकम आज एक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
पूर्वी चितवनको रत्ननगरमा रहेको पञ्चकन्या उच्च माविमा विज्ञान सङ्कायको विकासका लागि रु एक लाख ८५ हजार रकम हस्तान्तरण गरिएको आयोजक रोट्राक्ट क्लब अफ रत्ननगरकी अध्यक्ष सङ्गीता आचार्यले बताउनुभयो ।रत्ननगरको  पञ्चकन्या उच्च मावि सरकारीस्तरमा चितवन जिल्लामै पहिलो विज्ञान सङ्कायको पढाइ सञ्चालन गर्ने उच्च मावि हो । उक्त रकमले विज्ञान सङ्कायको प्रयोगशालामा चाहिने सामग्री खरिद गर्ने विद्यालयले जनाएको छ ।
नेपथ्यले यहाँको रत्ननगरमा पुस २१ गते साङ्गीतिक कार्यक्रम सञ्चालन गरेको थियो । नेपथ्यले देशका विभिन्न १० जिल्लामा साङ्गीतिक यात्रा सम्पन्न गरेको छ । 
रत्ननगरको नारायणी चलचित्र मन्दिर नेपथ्यका प्रमुख गायक अमृत गुरुङसहितको टोलीले आफ्नो सङ्गीत प्रस्तुत गरेको थियो । स्थानीय रोटरी क्लब, रोट¥याक्ट क्लब, रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । 
कार्यक्रमबाट रु चार लाख १० हजार सङ्कलन भएको र प्राविधिक खर्च कटाएर बाँकी रहेको रु एक लाख ८५ हजार रकम विद्यालयलाई उपलब्ध गराइएको हो । 
यसअघि धान्याञ्चल महायज्ञ लगाएर रु दुई करोड सङ्कलन भएपछि विज्ञान सङ्काय सुरु गरेको यस उच्च माविमा अहिले रकम अभाव रहेको प्राचार्य मेघनाथ दवाडीले बताउनुभयो ।  
नेपथ्यले यसवर्ष रत्ननगरसँगै तनहुँ, कास्की, कपिलवस्तु, मोरङ, सर्लाही, झापा, बर्दिया र काठमाडौँमा कार्यक्रम गरेको र उठेको रकम शैक्षिक विकासका लागि खर्च गर्ने घोषणा गरेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...