Skip to main content

सरकारले सामुदायिक विद्यालयलाई कम्युटर प्रदान गर्ने




भक्तपुर, माघ १७ गते । सरकारले देशभरका सात हजार ३५९ माध्यमिक तहका सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गर्ने भएको छ । 
कम्प्युटर शिक्षाको पहुँच बढाउन तथा विद्यार्थीको सिकाइमा सहजता ल्याउन माध्यमिक तहको सामुदायिक विद्यालयमा पाँचवटाका दरले कम्प्युटर दिने भएको शिक्षा विभागले जानकारी दिएको छ । 
यसका लागि सरकारले विनियोजन गरेको रु एक अर्ब सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत प्रतिविद्यालयले रु एक लाख ४० हजारका दरले पाउने गरी विद्यालयलाई पठाइसकेको विभागका महानिर्देशक लव अवस्थीले बताउनुभयो । 
सरकारले विद्यालयलाई पठाएको रकममा विद्यालयले थप रु ६० हजार थपेर पाँचवटा कम्प्युटर खरिद गर्नुपर्नेछ । सरकारले सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटरको पहुँच पु¥याउने उद्देश्यले कुन जिल्लामा कति सामुदायिक विद्यालय छन् त्यसको आधारमा बजेट पठाएको विभागले जनाएको छ । 
विद्यालयले थप गर्नुपर्ने रु ६० हजार बैंक खातामा जम्मा गरेको रसिद शिक्षा कार्यालयमा पेस गरेपछि मात्र विद्युत्् खपत कम गर्ने कम्प्युटर खरिद गर्न शिक्षा कार्यालयले विद्यालयलाई उक्त रकम दिनेछ । 
विद्यालयले थप गरेको ६० हजार सहित दुई लाख रुपैयाँमा पाँच थान कम्प्युटर, एक थान प्रिन्टर, इन्टरनेट र विद्युत्् लाइन नभएको स्थानमा वैकल्पिक व्यवस्थासमेत गर्नुपर्ने सर्त राखिएको छ । 
विद्युत्् लाइन नपुगेको विद्यालयमा वैकल्पिक ऊर्जामार्फत सहायता उपलब्ध गराएर व्यवस्था गर्ने विभागले जनाएको छ । 
विभागले ०६७ देखि गत वर्षसम्म एक हजार ४५२ विद्यालयमा कम्प्युटरको व्यवस्था गरिसकेको छ भने यसरी वितरण गरेको कम्प्युटर विद्यालयले सही रुपमा प्रयोग गरे नगरेको अनुगमनसमेत गर्ने भएको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...