Skip to main content

पैंतालिस हजार निरक्षरलाई साक्षर बनाइने


कञ्चनपुर,  माघ १६ गते । कञ्चनपुरका निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाइने शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । निमित्त शिक्षा अधिकारी अमरराज भट्टले कञ्चनपुरका ४५ हजार निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाइने जानकारी दिनुभयो । 
उहाँका अनुसार १५ वर्ष भन्दामाथिका निरक्षर महिला र पुरुष दुवैलाई साक्षर बनाइनेछ । त्यसका लागि सबै क्षेत्रमा कक्षा सञ्चालन भइसकेको निमित्त शिक्षा अधिकारी भट्टले बताउनुभयो । अनौपरिचारिक शिक्षा केन्द्रको सहयोगका शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका ४५ हजार निरक्षरलाई साक्षर लक्ष्य लिएको छ । जिल्लामा १९ वटा सामुदायिक अध्ययन केन्द्रमार्फत कक्षा सञ्चालन भइरहेका छन् । 
एक हजार ५०० स्वयम्सेवकलाई कक्षा सञ्चालनका लागि पाँचदिने तालिम दिइसकेको शिक्षा अधिकारी भट्टले बताउनुभयो । सबै गाविस र नपामा कक्षा सञ्चालन भइसकेको भट्टले बताउनुभयो ।
शिक्षा कार्यालयले आर्थिक वर्ष २०६७÷६८ मा जिल्लामा निरक्षरहरूको नामावली सङ्कलन गरेको थियो । जसमध्ये गत वर्ष २६ हजार निरक्षरलाई साक्षर बनाइसकेको छ । ‘‘अब बाँकी रहेका निरक्षरलाई साक्षर बनाउने अभियानमा जुटेका छौँ’’ उहाँले बताउनुभयो । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...