Skip to main content

बालबालिका टिकाउन झोला र पोसाक

बाह्रबिसे , माघ १४ - आसपासका सबै बालबालिका विद्यालय ल्याउन र आएकालाई टिकाइराख्न पोसाक, स्टेसनरी र झोला वितरण गरिएको छ । स्थानीय अभिभावकको सहयोगमा बागेश्वरी प्राथमिक विद्यालय धार्पाका बालबालिकालाई उक्त सामग्री निःशुल्क प्रदान गरिएको हो । उक्त सामग्री शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक डिल्लीराम रिमालले हस्तान्तरण गरेका हुन् । रिमालले सोही समारोहमा ०५४ मा स्थापित उक्त विद्यालय भवनको उद्घाटन गरे । उनले शिक्षामा वर्षेनी अर्बौं लगानी गरे पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको बताए । अभिभावकको चाहना छोराछोरीले अंग्रेजी पढुन् भन्ने हो, उनले भने, 'सोहीअनुरूप पाठ्यक्रम तयार गर्न खोजिएको छ ।' छोराछोरी विद्यालय नपठाउने अभिभावकमाथि कानुनी कारबाही गर्ने सोच शिक्षा मन्त्रालयले गरिरहेको छ, उनले भने ।
अभिभावकले सरकारी असहयोगका कारण विद्यालय भवन जीर्ण हुँदै गएको गुनासो गरेका थिए । स्व. नारायणबहादुर भण्डारीले जग्गा दिएपछि स्थानीय अभिभावक, दलका कार्यकर्ता र शैक्षिक क्षेत्रका अगुवाले विद्यालय स्थापना गरेका हुन् । कार्यक्रममा केन्द्रका उपनिर्देशक डा. आनन्दराम पौडेलले बालबालिकाको हितमा काम गर्न अभिभावकसँग आग्रह गरे ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...