Skip to main content

सत्तरी लाख छात्रवृत्ति वितरण


म्याग्दी,  माघ १३ गते । जिल्ला शिक्षा कार्यालय म्याग्दीले चालु शैक्षिकसत्र २०७० मा विद्यार्थीहरूलाई साढे ७० लाख रुपैयाँभन्दा बढी छात्रवृत्ति वितरण गरेको छ । 

जिल्लाका २४० विद्यालयमा अध्ययनरत् विद्यार्थीहरूलाई छात्रवृत्ति वितरणका लागि ७० लाख ५४ हजार ३०० रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । कक्षा १ देखि ८ सम्म अध्ययनरत् दलित विद्यार्थीहरूलाई २९ लाख ३६ हजार ८०० र छात्राका लागि २५ लाख ८४ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत फक्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 
यसैगरी कक्षा ९ र १० मा अध्ययनरत ६८५ जना दलित विद्यार्थीलाई प्रतिव्यक्ति ५०० रुपैयाँका दरले तीन लाख ४२ हजार ५०० र ७०१ जनालाई माध्यमिक छात्रवृत्तिबापत ११ लाख ९१ हजार रुपैयाँ वितरण गरिएको छ । 
जिल्ला शिक्षा कार्यालयका अनुसार हाल जिल्लाभरका सामुदायिक विद्यालयहरूमा २७ हजार ९३७ जना विद्यार्थी रहेकामा २८.५४ प्रतिशत दलित समुदायका रहेका छन् । छात्रको तुलनामा छात्राहरूको सङ्ख्या बढी रहेको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले बताउनुभयो । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...