काठमाडौँ, २०७० फागुन १४ गते ।
नेकपा- माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले वुधबार देशभरिका जिल्ला शिक्षा कार्यालयमा मागपत्र बुझाएको छ ।
तत्काल पूरा गर्नुपर्ने ११ पेशागत तथा शैक्षिक माग र दीर्घकालमा पूरा गर्नुपर्ने १२ पेशागत तथा १४ शैक्षिक माग बुझाइएको छ ।
संगठनका अध्यक्ष लालबहादुर बिसीले आजै शिक्षामन्त्री चित्रलेखा यादवसँग अपरान्ह २ बजे भेट गरी मागपत्र बुझाएको ानकारी दिनुभयो ।