Skip to main content

म्याग्दीमा एसएलसी परिक्षाको तयारी पूरा : जिल्लामा ९ परीक्षा केन्द्र निर्धारण

सन्तोष गौतम, म्याग्दी २०७० फागुन १४ । आगामी चैत ६ देखि १४ गतेसम्म्म सञ्चालन हुने प्रवेशिका परिक्षा (एसएलसी)का लागि म्याग्दीमा ९ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।
मुक्तिमार्ग उच्च मावि घार, मुक्तिधाम उच्च मावि राखु भगवती, हेम उच्च मावि शिवाङ, जनप्रिय उच्च मावि दरवाङ, मंगला उच्च मावि बाबियाचौर, धौलागिरि मावि सिंगा, बेनी सामुदायीक उच्च मावी बेनी, प्रकाश उच्च मावि र न्यु वेष्ट प्वाईन्ट उच्च माविमा एसएलसी परिक्षा केन्द्र निर्धारण भएको हो ।
अघिल्लो वर्षदेखि होमसेन्टर हटाएकाले परिक्षा केन्द्र रहने विद्यालयका विद्यार्थीहरुले नजिकैको अर्को परिक्षा केन्द्रबाट एसएलसीमा सहभागि हुने जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार यसवर्ष म्याग्दीका ५८ वटा सामुदायीक, ७ वटा निजी र १ वटा खुला विद्यालयका नियमित २ हजार ३३ र एक्जाम्टेडतर्फ २ सय ४५ गरि २ हजार २ सय ७८ जना विद्यार्थी यस वर्ष प्रवेशिका परिक्षामा सहभागी हुदैछन् ।
एसएलसीका लागि उत्तरपुस्तिका र प्रश्नपत्र समेत प्राप्त भइसकेको जानकारी दिदै विद्यालय निरीक्षक रेग्मीले केही दिनमै सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइने जानकारी दिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...