काठमाडौं , फाल्गुन १३ - व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा सांसदहरूले एसएलसी परीक्षाभर 'लोडसेडिङ' नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्नेहरूले विद्यार्थीको हित हुने गरी विद्युत् भारकटौतीको कार्यतालिका मिलाउन माग राखे । विद्युत् प्राधिकरणले विगतमा परीक्षा अवधिभर लोडसेडिङ हटाउने गरेको थियो ।
चैत ६ देखि १४ गतेसम्म हुने परीक्षामा सहभागी हुन नियमित र 'एक्जाम्टेड' गरी ५ लाख ६६ हजार ८५ जनाले फाराम भरेका छन् । यो संख्या गत वर्षभन्दा ५४ हजार ९ सय २० जनाले बढी हो ।
Source: http://www.ekantipur.com/np/2070/11/13/full-story/384707