Skip to main content

जापानी विद्यार्थीद्वारा विद्यालयलाई सहयोग


गोरखा,  फागुन १४ गते । जिल्लाका पाँच विद्यालयलाई जापानी विद्यार्थीले सहयोग गरेका छन् । जापनीज केयु युनिभर्सिटीका विद्यार्थीले जिल्लाका विभिन्न विद्यालयलाई किताब र खेलकुद सामग्री प्रदान गरेका हुन् । 
उनीहरुले भवनको मर्मत सम्भारसमेत गरेका छन् । जिल्लाको गाइखुरस्थित रजगरे माध्यमिक विद्यालय, लक्ष्मी उच्च मावि, वीरभद्र प्रावि, पूर्वाधार प्रावि, च्याङ्ली गाविसको बालकल्याण निमावि, मिरकोटको त्रिवेणी मावि र धुवाँकोटको मदने डाँडा निमाविलाई जापानी विद्यार्थीले सहयोग गरेका हुन् । उनीहरुले विगत चार वर्षदेखि यस क्षेत्रका विद्यालयलाई सहयोग गर्दै आएको लक्ष्मी उमावि गाइखुरका प्राचार्य टीकाराम श्रेष्ठले जानकारी दिनुभयो । 
 शिक्षक अभिभावक सङ्घका अध्यक्ष विष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रजगरे माविका प्रधानाध्यापक गोविन्दकुमार मल्ल र कार्यक्रम संयोजक सुशील पन्तले जापानी विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो । रासस 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...