Skip to main content

कार्यालयमा अनियमितता गरेर भाग्दिन, गर्नेलाई पनि छोड्दिन- जिशिअ पौडेल

बालकृष्ण सुबेदी ,गल्कोट, २०७० फागुन १४ । प्रगति प्राथमिक बिद्यालय सप्ताहघाट मल्मको २४ सौँ बार्षिकोत्सव आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बच्चा जन्मने बित्तिकै अग्रेजी पढाउदैमा गुणस्तरिय शिक्षा नहुने भन्दै आधारभुत तहमा बालबालिकालाई मातृभाषा नै पढाउनु पर्ने बताए ।

अग्रेजी शिक्षाको मात्र पछि लाग्दा बालबालिकाको भविष्य उज्वल नभई भाषिक अपाङ्ग बन्ने बताए । एक फरक प्रसँगमा जिल्ला शिक्षा कार्यालयमा अनियमिता गरेर आफु नभाग्ने र बिद्यालयमा अनियमिता गर्नेलाई आफुले जसरी पनि कार्बाहीको दायरामा ल्याउने पौडेलको भनाई थियो ।
बिद्यालयको समयमा समाजको काम नगर्न उनले शिक्षकहरुलाई निर्देशन दिएका थिए । बार्षिकोत्शबको अबसरमा बिद्यालयका प्रध्यानध्यापक नगेन्द्र मल्लले बार्षिक प्रतिबेदन पस्तुत गर्दै मर्ज हुन लागेको बिद्यालयलाई हाल अग्रेजी माध्यमबाट सँचालन गरिएको जानकारी दिए । आगामी शैक्षिक बर्ष ७०र०७१ मा कक्षा ५ सँचालन गर्ने पनि उनले बताए । प्र अ मल्ले आ ब ०६९/७० को  ८ लाख २६ हजार ३ सय ८४ बराबरको आय ब्य बिबरण समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले पि टी पर्दशन , बिभिन्न बालगीतमा नृत्य प्रस्तुत गरेका थिए । सो अबसरमा बिद्यालयका अक्षयकोषदाता तथा चन्दादाताहरु लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जनहित मा बि का प्रध्यानध्यापक आत्माराम शर्मा ,पाण्डबखानी उ मा बि का शिक्षक शान्त थापा ,समाजसेबी थुमकली थापा लगाएतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर खत्रीको अध्यक्षता ,शिक्षक साबित्रा थापाको स्वागत र शिक्षक थम्मन थापा सन्देशको सँचालनमा सम्पन्न भएको थियो ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...