Skip to main content

उच्च माविको लापरबाहीविरुद्ध शैक्षिक संस्था बन्द


जनकपुरधाम,  चैत १६ गते । रजिष्ट्रेशन फारम दाखिलामा उच्च माध्यमिक शिक्षा परिषद् जनकपुरले गरेको लापरबाहीको विरोधमा उच्च माध्यमिक विद्यालय सङ्घ, नेपाल धनुषाले आजदेखि शैक्षिक संस्थाहरु अनिश्चितकालका लागि बन्द गरेका छन । 
रजिष्ट्रेशन फारमबापतको रकम बुझी भर्पाईसमेत दिइसकेको अवस्थामा उच्च  माध्यमिक शिक्षा परिषद्ले २४७ जना विद्यार्थीको दाखिला नगरेकोप्रति आक्रोशित भएका उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) धनुषाले आन्दोलनलाई सशक्त पार्दै अघि बढ्ने गरेको निर्णयअनुसार आजदेखि शैक्षिक संस्था बन्द गरेको हो  ।
छुटमा परेका विद्यार्थीको फारम दाखिला गरी समस्या समाधान गर्नको लागि हिसानले एक सातादेखि दबाबमूलक कार्यक्रमहरु गर्दै आएको थियो । 
परीक्षा नजिकिँदै गए पनि उच्च माध्यमिक शिक्षा परिषद्ले आवश्यक कदम नचालेको बताइएको छ ।
रकम बुझेर पनि विद्यार्थीको रजिष्ट्रेशन फारम दाखिला नगरेको आरोप हिसानको छ । यसैबीच, उच्च माध्यमिक शिक्षा परिषद् जनकपुरका निमित्त प्रमुख उत्तमराज नेपालले रजिष्ट्रेशन छुट भएका विद्यार्थीका लागि परीक्षा नियन्त्रण कार्यालय भक्तपुरलाई समेत पत्राचार गरिसकेको जनाउँदै निर्देशनको पर्खाईमा रहेको बताउनुभयो ।
गत फागुन २७ गते नै परीक्षा नियन्त्रण कार्यालयलाई पत्राचार गरिसके पनि हालसम्म कुनै निर्देशन नआएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
तर, उच्च माध्यमिक शिक्षा परिषद्कै त्रुटिका कारण ती विद्यार्थीको रजिष्ट्रेशन फारम दाखिला हुन छुटेको बारे उहाँले केही बताउनु भएन् । 
 सोही मागलाई लिएर विद्यार्थीहरु विरोधस्वरुप जनकपुर नगरपालिकामा शैक्षिक सङ्घसंस्था बन्द गरी विद्यार्थीको भविष्यको सुनिश्चितताको माग गर्दै प्रदर्शनसमेत गरिरहेका छन् । रासस   

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...