Skip to main content

भारतीय नर्सिङ काउन्सिलले नेपालीलाई रोजगारीमा बन्देज


काठमाडौं, २०७० चैत १७ 
भारतका विभिन्न शैक्षिक संस्थामा बीएस्सी नर्सिङ पढेका नेपाली विद्यार्थीलाई भारतीय नर्सिङ काउन्सिलले रोजगारीमा बन्देज लगाएको छ ।
भारत पढ्न जानुअघि नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएका संस्थाका प्रतिनिधिका अनुसार नेपाली विद्यार्थीलाई काउन्सिलमा दर्ता गर्न नदिने निर्णय गरेर रोजगारीमा बन्देज लगाइएको हो । काउन्सिलमा दर्ता नभएपछि विद्यार्थीले इजाजतपत्र पाउँदैनन् । इजाजत नपाएका नेपाली विद्यार्थीलाई भारतीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा काम गर्न कानुनी अधिकार छैन् ।
नतिजा सार्वजनिक भएपछि नर्सिङ काउन्सिलमा इजाजतका लागि निवेदन दर्ता गर्न गए पनि काउन्सिलले अस्वीकार गरेपछि निराश भएर फर्केकी सुस्मिता पौडेलले भनिन् ‘हामीलाई भर्ना हुने समयमा केही जानकारी गराइन् । तर पढाइ पूरा भएपछि इजाजत लिने बेलामा पक्षपातपूर्ण निर्णय गरियो ।’ काउन्सिलले यसै वर्षदेखि लागू हुने गरी बनाएको यो नियमले सन् २००९ पछि भर्ना भएका विद्यार्थी प्रभावित हुनेछन् । त्यसपछि भर्नाभएका विद्यार्थीको पढाइ पूरा हुन ४ वर्ष लाग्छ ।
यो निर्णयबाट तत्काल आठ हजारको हाराहारीमा नेपाली विद्यार्थी मर्कामा पर्ने भारतमा नर्सिङ विषय पढाउन नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको सताक्षी एजुकेशन फाउन्डेसनका प्रमुख उमेश ढुंगेलले बताए ।
इकयानका अध्यक्ष राजेन्द्र बरालले नेपाली विद्यार्थीलाई भर्ना गर्ने, पढाउने, शुल्क लिने तर रोजगारी नदिने निर्णय अव्यवहारिक भएको बताए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...