Skip to main content

शुल्क प्रस्ताव पेस नगर्ने विद्यालयलाई जरिवाना


मङ्गलबारे (इलाम),  चैत १६ गते । अनुमति प्राप्त संस्थागत विद्यालयले प्रत्येक वर्ष जिल्ला शिक्षा कार्यालयमा पेस गर्नुपर्ने शुल्क प्रस्ताव अझै पेस गरेका छैनन् । 
आगामी शैक्षिकसत्रका लागि माघ मसान्तसम्ममा पेस गरिसक्नुपर्ने शुल्क प्रस्ताव पेस नगरेकाले २२ वटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालय इलामले जरिवाना गर्ने भएको छ । जिल्लामा सञ्चालित ११८ वटा अनुमति प्राप्त संस्थागत विद्यालयमध्ये ९६ वटाले समयमै प्रस्ताव पेस गरेको र नगर्नेलाई जिसिकाले जरिवाना गर्न लागेको जिसिकाका कर्मचारी वीरेन्द्र कुसियैतले जानकारी दिनुभयो । 
विद्यालयले लिने भर्ना शुल्क, स्टेसनरी, परीक्षा शुल्क आदिका बारेमा पहिले नै शुल्क निर्धारण गरी कार्यालयमा बुझाउनुपर्छ । मासिक शुल्क बराबर भर्ना शुल्क लिनुपर्ने हुन्छ, कुसियैतले भन्नुभयो, “कतिपय विद्यालयले भर्ना शुल्कभन्दा मासिक शुल्क बढी लिने गरेको पाइएको छ ।”  
    समयमै शुल्क प्रस्ताव पेस नगर्ने विद्यालयलाई शुल्क अनुगमन समितिको बैठकले रु एक हजारदेखि रु २५ हजारसम्म जरिवाना गर्ने उहाँले बताउनुभयो ।
गत वर्ष पनि समयमै शुल्क प्रस्ताव पेस नगर्ने ५५ वटा विद्यालयलाई जरिवाना गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...