Skip to main content

एमबीबीएस पढ्न ४२ लाख ! कलेजहरुले गरे शुल्क निर्धारण



काठमाडौं, वैशाख १६ गते  । सरकारले चिकित्सा विज्ञान (एमबीबीएस) अध्ययन शुल्क निर्धारणमा वास्तै नगरेपछि मेडिकल कलेजहरुले यो वर्षका लागि ४२ लाख रुपैयाँ तय गरेको छन् । शिक्षा मन्त्रालयले गठन गरेको शुल्क प्रस्ताव समितिले ३ वर्षअघि सवा ३१ लाख रुपैयाँ प्रस्ताव गरे पनि कार्यान्वयन नहुँदा मेडिकल कलेजको मनपरी चल्दै आएको छ । कलेज सञ्चालकले आपसी समझदारीमा शुल्क तय गर्छन् ।


मेडिकल कलेज आबद्ध एसोसिएसनका अध्यक्ष तथा नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरशे कनौडियाले गत वर्ष ४० लाख बनाइएको बताए । ‘सबै कुरा महँगिएकाले अध्ययन शुल्क बढाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘राष्ट्र बैंकले प्रक्षेपण गर्ने बजार मूल्यका आधारमा शुल्क निर्धारण गरिएको हो, मनपरी होइन ।’ सरकारले नै विगत केही वर्षदेखि शुल्क निर्धारण नगरेको उनले बताए।
मन्त्रालयले भने मेडिकल कलेजलाई आफूखुसी शुल्क तय गर्ने अधिकार नरहेको बताएको छ । सहप्रवत्ता रोजनाथ पाण्डेले शिक्षामन्त्रीको अध्यक्षमा गठन भएको उच्चस्तरीय समितिले समग्र मेडिकल शिक्षाबारे अध्ययन गरिरहेको जानकारी गराउँदै मनपरी गर्नेलाई कारबाही गरिने बताए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...