Skip to main content

अवैध निजी विद्यालय बन्द गर्न माग


बेलौरी (कञ्चनपुर),  वैशाख १७ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरले स्वीकृतिबिना सञ्चालित निजी विद्यालय बन्द गर्न माग गरेको छ ।
 जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले सरकारी विद्यालयले विभिन्न नाममा लिने शुल्कसमेत बन्द गर्नुपर्ने माग गरेको छ ।
‘सरकारी सेवासुविधा लिई निजी विद्यालयमा पढाउने निजी विद्यालयका सेयरधनी शिक्षकहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ’– ज्ञापनपत्रमा लेखिएको छ–‘बोर्डिङ स्कुलहरुले विभिन्न बहानामा लिइरहेको मनोमानी चर्काे शुल्क तत्काल बन्द गर्नुपर्छ ।’
प्रक्रिया नै पूरा नगरी न्यूनतम शैक्षिक योग्यता नपुगेका व्यक्तिहरुले महँगो शुल्क लिई सञ्चालनमा रहेका ट्युसन सेन्टर बन्द गरी कारबाही गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा गरिएको छ ।
शिक्षा कार्यालयबाट वितरण हुने सेवासुविधा निष्पक्ष एवम् पारदर्शी ढङ्गले वितरण गरिनुपर्ने, निजी विद्यालयहरुले पुस्तक खरिदमा लगाएको सिन्डिकेट प्रणालीको अन्त्य गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...