Skip to main content

नयाँ विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग


भक्तपुर,  बैशाख १६  । 
शिक्षक सेवा आयोग पुनः सात हजार स्थायी शिक्षक दरबन्दीका लागि विज्ञापन गर्ने तयारीमा जुटेको छ । आयोगले गत वर्ष १३ हजार ५९ दरबन्दीका लागि विज्ञापन माग गरेको थियो ।
आयोगका प्रशासकीय प्रमुख (सहसचिव) खगेन्द्र नेपालले आगामी साउनमा विज्ञापन गर्ने तयारी भइरहेको बताउँदै भन्नुभयो, “त्यसका लागि जिल्लाहरुबाट रिक्त दरबन्दीको सङ्ख्या माग गरेका छौँ ।”
आयोगले यस पटक २०७० साउन १ गतेदेखि आगामी २०७२ असार मसान्तसम्म रिक्त हुने दरबन्दीमा नयाँ विज्ञापन गर्न लागेको छ । आयोगले यस वर्ष २०७० साउनदेखि २०७१ असार मसान्तसम्मको दरबन्दीमा नयाँ विज्ञापन माग गर्ने सोचाइ बनाए पनि गत वर्ष लिइएको परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भएकाले यस वर्ष एकै पटक दुई वर्षकै विज्ञापन खुलाउन लागेको हो ।
प्रशासकीय प्रमुख नेपालले जिल्लाहरुबाट तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको जानकारी दिँदै अहिलेसम्ममा करिव सात हजार पद रिक्त हुने अनुमान गरिएको बताउनुभयो ।
गत २०६९ सालमा १७ वर्षपछि आयोगले शिक्षक पदका लागि खुला विज्ञापन माग गरेको थियो । गत जेठमा लिइएको लिखित परीक्षाको नतिजा गत मंसिर महिनामा प्रकाशित गर्न सुरु गरिएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको थियो र अनुसन्धानपछि पुनः निरन्तरता दिइएको थियो । सोमबार आयोगले माध्यमिक तहको अन्तर्वार्ता सम्पन्न गरिसकेको छ । 
आयोगले निम्न माध्यमिक तहमा यही १९ गते र प्राथमिक तहमा आगामी जेठ ३ गते अन्तर्वार्ता सञ्चालन गर्दैछ । आयोगले अन्तर्वार्ताबाट प्राथमिक तहका लागि सात हजार ९८० जना, निम्न माध्यमिक तहका लागि दुई हजार ७९३ जना र माध्यमिक तहका लागि दुई हजार २८६ जना छनोट गर्नेछ ।
आयोगका प्रशासकीय प्रमुख नेपालले भन्नुभयो, “वैशाखको नयाँ शैक्षिक सत्र सुरु हुँदा नै विद्यार्थीहरुले नयाँ शिक्षक प्राप्त गर्ने थिए, तर संविधानसभा निर्वाचन र अख्तियारको छानविनका कारण त्यो पूरा हुन सकेन । अब आगामी असारमा विद्यालय र विद्यार्थीहरुले नयाँ शिक्षक प्राप्त गर्नेछन् ।”

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...