Skip to main content

छात्रावासका नाममा अवैध बालगृह सञ्चालन

१८ वैशाख, सुन्दरीजल । काठमाडौँको उत्तर-पूर्वी भेगस्थित नयाँपाटी गाविसमा संस्थागत विद्यालयको छात्रावासका नाममा अवैध रुपमा बालगृह चलाइरहेको रहस्य खुलेको छ । जोरपाटी-३ स्थित नयाँबस्तीमा रहेको पेगासस अङ्ग्रेजी विद्यालयले नयाँपाटी-८ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको सीमामा गुपचुपरुपमा पेगासस चिल्डे्रन वेलफेयर नामक बालगृह जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर सार्वजनिक रुपमा भने पेगासस छात्रावास देखाएको हो ।
विसं २०६७ असोज ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको वेलफेयरको कार्य समितिमा विद्यालयका लगानीकर्ता अध्यक्ष र अन्य दुई शिक्षक सदस्य रहेका छन् । पेगासस विद्यालयका लगानीकर्ता र प्रधानाध्यापकसमेत रहेका वेलफेयर अध्यक्ष किन्ले डेण्डुप तामाङ लामाको नाममा रहेको आठ रोपनी जग्गामा बनेको भवनमा ८० जना बालबालिका आवासीय सुविधासहित बसिरहेका छन् ।
सबै विद्यार्थी पेगासस विद्यालयमै अध्ययन गर्ने गरेको लामाले बताए । “विदेशीहरुको दर्तावाला च्यारिटीमार्फत सहयोग पनि लिने गरेका छौँ, तर लामो प्रक्रिया अपनाउनुपर्ने भएकाले विदेशी सहयोग लिँदा सरकारको अनुमति लिएका छ्रैनौँ”-लामाले भने ।  पेगासस विद्यालयको सल्लाहकारसमेत रहनुभएका अधिवक्ता नारायणकुमार खड्का वेलफेयरका सचिव बताउँछन् । अवैध रुपमा बालगृह चलाएका सम्बन्धमा जिज्ञासा राख्दा खड्का भने, “वेलफेयरको बालगृह खोल्ने उद्देश्य दर्ताका समयमा जिल्ला प्रशासनले काटिदियो त्यसैले यसरी चलाउन बाध्य भएका हौँ । ‘ काठमाडौँका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्याल छात्रावास हेर्ने सम्बन्धमा कुनै नियम कानुन नभए पनि छात्रावास भन्दै बालगृह चलाउन नपाइने बताए ।
केन्द्रीय बाल कल्याण समितिका सूचना अधिकृत झलहरि भट्टराई बालबालिका आवासीय रुपमा बस्ने बालगृह भएकाले समितिमा अनिवार्य रुपमा बस्ने बताए । यसरी दर्ता भएका बालगृह प्रत्येक वर्ष नवीकरण भएको हुनुपर्छ । दर्ता र नवीकरण नगरी चलाइएका आवासीय बालगृह अवैध हुन् भट्टराईले भने । काठमाडौँ उपत्यकामा ४०० बालगृह दर्ता भए पनि सोभन्दा बढी सङ्ख्यामा अवैध बालगृह दर्ता नभई चलिरहेको दीलशोभा प्रकरणले नै पुष्टि गरेको पनि भट्टराईले बताउनुभयो । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...