पाँचथर । विद्यालयमा लगाइएको ताला खुल्यो निजी विद्यालयहरुले बढाइएको शुल्क फिर्ता लिने निर्णय गरेपछि नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले पाँचथरका निजी तथा आवासिय विद्यालयहरुमा लगाएको तालाबन्दी खोलेको छ।
पाँचथरमा प्याप्सनको निर्णय अनुसार निजी विद्यालयहरुले १० प्रतिशत भन्दा बढि शुल्क वृध्दि गरी अभिभावकहरुको ढाड सेक्ने काम गरेकेा भन्दै अनेरास्ववियु क्रान्तिकारीले आइतवार जिल्लास्थित निजी विद्यालयहरुमा तालाबन्दी गरेको थियो।
मंगलवार अखिल क्रान्तिकारीका पाँचथर अध्यक्ष राजन खतिवडा र प्याप्सन पाँचथरका अध्यक्ष गजेन्द्र मावोले संयुक्त प्रेस विज्ञप्ती निकालेर यस शैक्षिक सत्रमा कुनै शुल्क वृध्दि नगर्ने साथै यस अगाडि विद्यार्थीवाट असुल गरीएको बढि रकम आगामी मासिक शुल्कमा समायोजन गर्ने सहमति भए सँगै लगाइएको ताला खोलिएको हो ।
सर्वोच्च अदालतको आदेश र शैक्षिक शुल्कको मापदण्ड विपरित जिल्लामा संचालीत निजी विद्यालयहरुले मनोमानी रुपमा शुल्क वृध्दि गरी विद्यार्थी भर्ना गर्न थालेपछि अखिल क्रान्तिकारी नेपाल विद्यार्थी संघ जिल्ला शिक्षा कार्यालय लगायत निकायवाट सर्वत्र विरोध भएपछि अन्ततः निजी विद्यालयहरु आफ्ना निर्णयवाट पछि हटेको छ।