काठमाडौं, चैत २१ गते । । अस्ट्रेलियली सरकारबाट भिसामा कडाइ भएपछि विश्वविद्यालयहरुले नेपाली विद्यार्थीको भर्ना प्रक्रिया खारेज गर्न थालेका छन् ।
केही विश्वविद्यालयहरुले एजेन्टहरुलाई इमेल लेखि नेपाली विद्यार्थी भर्ना रोकिएको जानकारी गराइसकेका छन्।
आफूलाई प्राप्त एक इमेलमा यही अप्रील ७ तारेखसम्म विद्यार्थी भिसाका लागि पेस आवेदन फिर्ता लिन आग्रह गरिएको छ। यसो गर्दा कलेजलाई तिरेको सबै आवेदन शुल्क फिर्ता हुने उल्लेख छ।
आवेदनका क्रममा नेपालमा बस्ने अधिकांश आर्थिक कागजात नक्कली भन्दै अस्ट्रेलियाले भिसामा कडाइ गर्न थालेको जानकारहरुले बताए। यसले आवेदन गरिसकेकालाई प्रभावित तुल्याउने नै भयो। अब नेपालीहरु अध्ययनका लागि यहाँ आनुपात निकै घट्ने अनुमान गरिएको छ।
नेपाली विद्यार्थीलाई उत्प्रेरित गर्ने अस्ट्रेलियाली सरकारले मार्च २०१२ मा'स्ट्रिमलाईन भिसा प्रोसेसिङ' सुरु गरेको थियो।