Skip to main content

प्लसटुमा विद्यार्थी घटे


१८ बैशाख, काठमाडौँ । उच्च माध्यमिक तहमा वार्षिक परीक्षामा सम्मिलित हुने विद्यार्थी संख्या घट्दै गइरहेको पाइएको छ ।
यस वर्ष कक्षा ११ र १२ को परीक्षामा सम्मिलित हुने विद्यार्थीहरु गत वर्षकोभन्दा ६८ हजार ४०६ ले कम छन् । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार गत वर्ष आठ लाख ३३ हजार १३१ जनाले परीक्षा दिएकोमा यस वर्ष सात लाख ६४ हजार ७२५ जनाले परीक्षा दिँदैछन् ।
यस वर्ष कक्षा ११ र १२ का कुल विद्यार्थी नौ लाख ६५ हजार थिए । दुई लाखभन्दा बढी विद्यार्थीले परीक्षाका लागि आवेदन फाराम नै भरेनन् ।
परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले कतिपय वैदेशिक रोजगारीमा गएकाले परीक्षार्थी संख्या घट्दै गएको अनुमान गर्दै भन्नुभयो, “कतिपय छात्राको कम उमेरमै विवाह हुने गरेकाले पनि उच्च माध्यमिक तह पूरा गर्न पाउँदैनन् ।”
यसैबीच, कक्षा १२ को वार्षिक परीक्षा वैशाख १९ गतेबाट सुरु हुँदैछ भने कक्षा ११ को परीक्षा आगामी जेठ १ गतेबाट सञ्चालन हुने भएको छ ।
कक्षा ११ को परीक्षामा तीन लाख ८३ हजार ४०३ जना र कक्षा १२ को परीक्षामा तीन लाख ८१ हजार ३२२ जना सम्मिलित हुने भएका छन् । देशभरिका तीन हजार ५९६ विद्यालयका ती परीक्षार्थीका लागि ९४६ परीक्षाकेन्द्र तोकिएका छन् । १३६ विषयमा परीक्षा सञ्चालन हुनेछ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...