Skip to main content

खुला शिक्षामा विद्यार्थी अभाव


काठमाडौं,  २०७१ वैशाख १८ गते । त्रिभुवन विश्वविद्यालयले यसै वर्षदेखि लागू गरेको खुला तथा दूर सिकाई प्रणाली शिक्षामा विद्यार्थी अभाव भएको छ । त्रिविले पहिलो चरणमा यस वर्षदेखि शिक्षाशास्त्र संकाय पढाइ हुने ६ वटा क्याम्पसमा खुला शिक्षाको पढाइ सुरु गरेको छ ।

खुला शिक्षाका लागि गोरखाको गोरखा क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पस र सुर्खेत क्याम्पस छानिएका छन् । अहिलेसम्म ती सबै क्याम्पसमा गरेर एक सय १६ जना मात्र विद्यार्थी भर्ना भएका छन् । जसमध्ये सबैभन्दा धेरै अर्थात ४० जना विद्यार्थी भक्तपुरको सानोठिमी क्याम्पसमा भर्ना भएका छन् । गोरखा क्याम्पसमा चार जना मात्र भर्ना भएका छन् ।

त्रिवि खुला तथा दूर सिकाइ कार्यक्रमका संयोजक श्यामकृष्ण महर्जनले भने, ‘नयाँ कार्यक्रम सञ्चालनका लागि विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको थियो ।  सरोकारवालहरुलाई पनि जानकारी गराइएको थियो । तर किन हो खोइ सोचेजति विद्यार्थी आएनन् ।’

स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीको पढाइ सुरु गरेपछि नियमित रुपमा क्याम्पस आउन नसक्ने विद्यार्थीलाई लक्षित गरी त्रिविले यो प्रणालीको पढाइ सुरु गरेको हो । 

खुला शिक्षामा विद्यार्थीले चासो नदेखाएपछि आउने वर्षमा यो प्रणालीलाई निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता त्रिविलाई परेको छ । 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...