Skip to main content

माविविहीन छुमचौर गाविसका विद्यार्थीलाई ठूलो सङ्कट


जुम्ला,  वैशाख १६ गते । जुम्लाको छुमचौर गाविसमा माध्यमिक विद्यालय नहुँदा त्यस गाविसका विद्यार्थीहरूलाई अहिले पनि पढ्नका लागि ठूलो सङ्कट परेको छ । 
जिल्लाका २९ वटा गाविस मावियुक्त भइसक्दा छुमचौर गाविस अहिलेसम्म पनि निमाविमा सीमित छ । प्रत्येक गाविसमा एक–एकवटा र कुनैमा त दुईवटा मावि भइरहेको बेलामा यस गाविसका विद्यार्थी अहिले पनि घण्टौँ लगाएर छिमेकी गाविस पातारासीको गङ्गा मावि पेरे र डिल्लीचौर गाविसको ऋणमोक्ष उच्चमाविमा पढ्न बाध्य भएका छन् । 
छुमचौर गाविसबाट विद्यार्थीहरूलाई पातारासी जान दुई घण्टा र डिल्लीचौर जान ढाई घण्टा लाग्दछ । समय लामो लागे पनि सुख्खा सिजन स्वीकारयोग्य भएता पनि वर्षा सिजनमा भने बाढी पहिरोको आतङ्कले सताउने गरेको त्यस क्षेत्रका अभिभावक बताउँछन् । मावि अनुमतिका लागि पाँच वर्षयता देखि धाए पनि जिल्ला शिक्षा कार्यालय जुम्लाले त्यसको कहिले सम्बोधन गर्न नसकेको स्थानीय समाजसेवी ताराबहादुर बोहराले गुनासो गर्नुभयो । 
सम्बन्धित निकायले सो गाविसमा मावि स्थापनाको मागलाई बेवास्ता गरेको भन्दै गाविस सचिव बालकृष्ण चौलागार्इंको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति र अभिभावकहरू माविका अनुमतिको माग गर्दै जिल्ला शिक्षा कार्यालय जुम्लामा डेलिगेसनमा गएका छन् । 

सो कार्यालयले विभागबाट निश्चित कोटा आउने भएको हँुदा भनेकै समयमा सम्बोधन हुन नसकेको बताएको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...