Skip to main content

गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना, शिक्षकको मृत्यु

गुल्मी, १६ वैशाख । गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हँुदा एक शिक्षकको मृत्यु भएको छ । गौँडाकोटबाट तम्घास आउँदै गरेको लु११प ७१८२ नम्बरको मोटरसाइकल दुविचौर–४ खोल्टेपानीमा सोमबार साँझ दुर्घटना हँुदा तम्घास–२ निवासी २८ वर्षीय दानबहादुर खत्रीको मृत्यु भएको हो ।
म्यालपोखरी माध्यमिक विद्यालय गौँडाकोटका शिक्षक रहेका खत्री विद्यालयबाट घर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गुल्मी जुभुङ्ग–१ का दिनेश थापा घाइते भएका छन् । थापाले नजिकैबाट लिफ्ट मागेर चढेको र मोटरसाइकल तीव्र गतिमा रहेकाले नियन्त्रण गर्न नसकेर दुर्घटना भएको बताएका छन् ।
मृतकको सडकदेखि १० मिटर तल खसेर खाडलमा टाउको अड्किएको थियो भने मोटरसाइकल पछाडि बसेका घाइते सडकमै थिए । मोटरसाइकल भने सडकबाट १०० मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त्त श्रीवास्तवले जानकारी दिनुभयो । घाइते थापाको जिल्ला अस्पताल तम्घाँसमा उपचार भइरहेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...