Skip to main content

शिक्षकले कुट्दा विद्यार्थीको जिउमा नीलडाम

गोपाल दाहाल
१८ बैशाख, धरान । नराम्रा अक्षर लेखेको भन्दै धरानको कार्मेल बोर्डिङका एक शिक्षकले विद्यार्थीलाई कुटपिट गरेका छन् । शिक्षक टासी शेर्पाले कुट्दा कक्षा ३ का विद्यार्थी ९ वर्षीय बालक साङ्गे शेर्पाको शरीरमा नीलडाम बसेको छ । नुहाउने क्रममा शरीरमा नीलडाम र चोट देखिएपछि बालकले उनका काका मिङ्मा चुक्टे शेर्पालाई आफूलाई शिक्षकले कुटेको बालकले बताएका थिए ।
शारीरिक रुपमा कमजोर भतिजलाई चोट लाग्नेगरी कुटेको देखेपछि आक्रोशित मिङ्माले भने ‘भतिजलाई कुटेकोबारे गुनासो गर्दा उल्टै मलाई जातीय कुरा जोडेर सम्झाउन खोजियो, विद्यालयमा यातना बन्द गरिनु पर्छ ।’
विद्यालयका निर्देशक बीरबल शेर्पा भने शिक्षक टासीलाई विद्यार्थी कुट्न नहुनेबारे ज्ञान नभएकाले घटना भएको बताए । विद्यार्थीलाई सामान्य चोट लागेको बताउँदै उनले विद्यालयले उपचार गरिदिने बताए । शिक्षक टासीलाई सम्झाएर माफी मगाएको निर्देशक शेर्पाको भनाइ छ ।
विद्यालयमा बालमैत्री वातावरण नीति ल्याइएपनि धरानका अधिकांश निजी बोर्डिङमा यस्तो वातावरण पाईंदैन । शिक्षकले विद्यार्थी कुट्ने गरेका घटना पटक पटक सार्वजनिक हुँदा पनि सरोकारवालाले रोक्नेतर्फ चासो देखाएको पाईंदैन । नानीहरुलाई फकाएर पढाउने, छडीरहित कक्षा बनाउने अभियान चलाए पनि निजी विद्यालयका विद्यार्थी र शिक्षक पि्रन्सिपलबाट आतंकित छन् ।
केही वर्षअघि धरानकै नाम चलेको बोर्डिङ विष्णु मेमोरियली छात्राको झोलामा शिक्षकले अश्लील चलचित्रको सिडी भेटेपछि प्रिन्सिपलको डरले झुण्डिएर आत्महत्या गरेकी थिईन् । सो घटनापछि बनेको छानविन समितिले विद्यालयले बालमैत्री वातावरण निर्माण गर्नुपर्ने सुझाव दिएको थियो । तर अहिलेपनि अधिकांश विद्यालयमा पि्रन्सिपलदेखि विद्यार्थी तर्सिने गरेका छन् ।
सरकारी विद्यालय बालमैत्री बने पनि निजी स्कुलले शिक्षा नियमावली पालना गरेको पाईंदैन । नियमावलीले तोकेबमोजिम शैक्षिक वातावरण, शिक्षकको योग्यता, कक्षाकोठाको वातावरण र शौचालय पनि व्यवस्थित नबनाइँदा विद्यार्थी सास्ती भोग्न बाध्य छन् । जिल्ला शिक्षा कार्यालय र विद्यालय निरीक्षकले निजी विद्यालयको अनुगमन नगर्दा यो समस्या आएको अभिभावको भनाइ छ ।
Source: http://www.onlinekhabar.com

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...