Skip to main content

विद्यालय बन्द नगर्न आग्रह


चितवन,  जेठ १२ गते । जिल्ला शिक्षा कार्यालय चितवनले विभिन्न बहानामा विद्यालय बन्द नगर्न आग्रह गरेको छ । 
नयाँ शैक्षिकसत्र सुरु भएको केही समय मात्र भए पनि केही विद्यालयले गर्मी बिदा दिएको भन्ने जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न सबै विद्यालयलाई आग्रह गरिएको छ । भरतपुर नगर क्षेत्रका सामुदायिक विद्यालयहरूले गर्मी बढेपछि आइतबारदेखि यो हप्ताका लागि विद्यालय बन्द गरेका छन् ।  
शिक्षा नियमावलीको २०५९ को दफा ८५ अनुसार विद्यालयहरू नेपाल सरकारले तोकेको शनिबारको बिदा, चाडपर्व बिदा, सार्वजनिक बिदा र ४५ दिन वर्ष वा हिउँदे बिदामा मात्र विद्यालय बन्द गर्न पाइने व्यवस्था रहेको छ । त्यसै दफाको उपदफा ४ मा विद्यालय व्यवस्थापन समितिको निर्णयले वर्षभरिमा बढीमा पाँच दिन मात्र स्थानीय बिदा गर्न पाइने व्यवस्था गरेको छ । तर केही विद्यालयहरूले शैक्षिकसत्र भर्खर सुरु भएको र पठनपाठन सुरु हँुदै गर्दाको अवस्थामा गर्मी बिदा भनेर विद्यालय बन्द गरेको जानकारी आएकाले विद्यालयहरू बन्द नगरिदिन र विद्यालय नियमित सञ्चालन गराउन जिल्ला शिÔा अधिकारी रमाकान्त शर्माले विज्ञप्ति जारी गरी अनुरोध गर्नुभएको छ । 
साथै अभिभावकहरूले पनि आफ्ना बाबुनानीहरूलाई नियमित विद्यालयमा पठाइदिनसमेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । कुनै विद्यालयका प्रध्यानाध्यापक र शिÔकहरूले नियमविपरीत विद्यालय बन्द गरेमा शिÔा ऐन नियमअनुसार कारबाही गरिने जिशिअ शर्माले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...