१७ जेठ , म्याग्दी
म्याग्दीको पात्लेखेत गाविस ८ वाखेतमा रहेको विद्योदय निमाविमा बिहीबार गणतन्त्र दिवसको अवसर पारेर अभिभावक भेला गरि छात्रवृत्ती एंव पुरस्कार वितरण गरिएको छ ।
४५ जना दलित तथा ४८ जना जनजाती छात्रलाई ४ सय र १० जना अपांग छात्रछात्राहरुलाई १ हजार रुपैयाका दरले छात्रवृत्ती वितरण गरिएको हो । उक्त अवसरमा शैक्षिक सत्र २०७० मा कक्षामा प्रथम, दितृय, तितृय एवं विभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।
सो अवसरमा गरिएको लाहुरे स्वागत कार्यक्रममा कृष्णबहादुर रोकाले १० हजार, छकप्रसाद थापाबाट ३ हजार, दुर्गाबहादुर राम्जालीबाट २ हजार र पुख्यौली नृत्य समूहबाट १९ हजार रुपैया सहयोग भएको छ ।
यसैगरी भुपु पेन्सनरहरुको बैठकले भुपु कम्प्युटर ल्याब व्यवस्थापनका लागि थप १ लाख ४९ हजार ५०० संकलन गरेका छन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईनबहादुर पुनले निजी ९० हजार रुपैयाको लागतमा निर्माण गरेको प्रवेशद्धारको पनि उद्घाटन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुनको अध्यक्षता, प्रअ मनबिर किसानको सञ्चालन, शिक्षिका मञ्जु रोकाको स्वागतमा सम्पन्न कार्यक्रममा भुपु कम्प्युटर ल्याब व्यवस्थापन समितिका संयोजक खड्गबहादुर रोका, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा चन्दादाता भिमबहादुर राम्जाली लगायतले मन्तव्य व्यक्त गरेका थिए भने विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गर्नुका साथै कथा, कबिता र भावना बाचन गरेका थिए