Skip to main content

जनप्रिय उच्च मावि दरवाङको २९ लाखको भवन तीन वर्षदेखि प्रयोग बिहीन

सन्तोष गौतम, म्याग्दी २०७१ जेठ १४ । म्याग्दीको दरवाङमा रहेको जनप्रिय उच्च माविको भवन बनेको तीन वर्षसम्म पनि प्रयोगमा आउन सकेको छैन ।
भवन बनेपनि उपयोगका लागि अपायक भएपछि राज्य र समुदायको लाखौ लगानीमा निर्मित भवन प्रयोगबिहीन बनेको हो । बि.स २०६८ सालमा जिल्ला शिक्षा कार्यालय मार्फत सरकारको २४ लाख रुपैया अनुदान र स्थानीयको श्रमदान गरि २९ लाख रुपैयाको लागतमा दरवाङ स्थित छ्यारछ्यारे बगरमा चार कोठे पक्कि कक्षा कोठा भवन निर्माण भएको थियो ।
विद्यालयलाई भवनको योजना परेपनि हाल रहेको भवन परिसरमा जग्गाको अभाव र पुरानो भवन रहेको स्थानमा भवन बनाउन समुदायबाट बिरोध भएपछि छ्यारछ्यारे बगरमा भवन निर्माण गरिएको थियो । बाध्यताले अपायक पर्ने ठाउँमा भवन निर्माण गर्नुपर्दा प्रयोग गर्न नसकिएको प्राचार्य दिवाकर सुवेदीले बताए । उक्त विद्यालयको तिन ठाउँमा भवन छन तर एक ठाउँको भवन मात्र उपयोग भएको छ ।
तत्कालै भवन प्रयोगमा आउन नसकेपनि दुरुपयोग हुन नदिएको र पछि स्नातक तहको कक्षा सञ्चालनका लागि भवनको उपयोग गरिने प्राचार्य सुबेदीको भनाई रहेको छ । नया भवनदेखि हाल उच्च मावि तहको कक्षा सञ्चालन हुने भवनमा पुग्न १० मिनेट पैदल हिँड्नु पर्छ । विद्यालयका अनुसार हाल प्रयोग भइरहेको भवन पर्याप्त नभएपनि टाढा भएका कारणले नयाँ भवनको प्रयोग गर्न समस्या भएको छ ।
जिल्ला शिक्षा कार्यालयले भने भवन लगायतका पुर्वाधारलाई उद्देश्य अनुसार उपयोग गर्नुपर्ने जनाएको छ । कतिपय विद्यालयहरुले भवन लगायतका पुर्वाधारका लागि बजेट नपाएर पठनपाठन प्रभावित बनेको अवस्थामा बजेट पाएर बनाइएका भवनको उपयोग नभएर अलपत्र पर्नु र शिक्षा कार्यालयले चासो नदिनु गम्भिर लापरबाही भएको सरोकारवालाहरुको भनाई रहेको छ ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...