Skip to main content

म्याग्दी दग्नामका दुई विद्यालयहरुलाई प्रवासीबाट सवा ३ लाख सहयोग

सन्तोष गौतम, म्याग्दी, २०७१ जेठ १३ । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका दुई वटा विद्यालयमा सूचना प्रबिधिको पहुँच बिस्तार गर्न प्रवासीले लाखौ रुपैया सहयोग गरेका छन् । जनता मावि दग्नाम र सती प्राबि दरवाङलाई कम्प्युटर र ईन्टरनेट जडान तथा फर्नीचर खरिदका लागि प्रवासीले सहयोग गरेका हुन् ।
जनता माविलाई खाडी मुलुक बहराईनमा रहेका नेपालीहरुले २ लाख रुपैया उपलब्ध गराएका छन भने सती प्राबिलाई बेलायतबाट १ लाख १९ हजार रुपैया सहयोग प्राप्त भएको हो । दग्नाम बैदेशिक सहयोग समितिको पहलमा विद्यालयमा कम्प्युटर र फर्नीचर खदिरका लागि २ लाख रुपैया सहयोग प्राप्त भएको दग्नाम मिडियो कमिटिका अध्यक्ष धनिलाल गर्बुजाले जानकारी दिए ।
यसैगरी दुखु स्थायी घर भई हाल बेलायतमा बस्दै आएका व्यक्तिहरुले विद्यालयमा सुचना प्रविधिको पहुँच पु¥याउन एक थान कम्प्युटर, इन्टरनेट जडान, प्रोजेक्टर, फोटोकपी र प्रिन्टर मेसिन गरी १ लाख १९ हजार रुपैया बरावरको सहयोग गरेको विद्यालयका शिक्षक राम पौडेलले बताए ।
हालै सम्पन्न विद्यालयको बार्षिक उत्सवको अवसरमा बेलायतमा बस्दै आएका सहयोगदाताहरुले सती प्राबिको शैक्षिक गुणस्तर सुधारको लागी थप १ लाख ३६ हजार समेत सहयोग गरेको विद्यालयले जनाएको छ । बेलायतमा रहेका दुखुबासीले स्थानीय जनहित आमा समुहको संस्थागत विकासको लागी १ लाख, सामुदायीक बन उपभोक्ता समुहको लागी १ लाख ४ हजार रुपैया पनि सहयोग गरेका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...