Skip to main content

नवलपरासीमा खेताला शिक्षकको बिगबिगी, दिवा खाजामा करोडौं अनियमितता


होमराज रानाभाट नवलपरासी जेठ १३  गते । जिल्ला शिक्षा कार्यालयको गम्भीर लापरबाहीका कारण नवलपरासीमा अझै दुई दर्जन बिद्यालयमा खेताला शिक्षकहरुले अध्ययन अध्यापन गराईरहँदा पनि कारबाही गर्ने तिर ध्यान गएको पाईदैंन ।
सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरु मध्ये झण्डै  दुई दर्जन शिक्षकहरुले खेतालामा शिक्षक राखेर राज्यलाई सिधै ठगिरहँदा  पनि शिक्षा कार्यालय भने थाहा पाए पनि नपाए जस्तो गरेर बसेको एक शिक्षकले आफनो नाम नछाप्ने शर्तमा भने नवलपरासीमा खेताला शिक्षकलाई पाँच हजार देखि आठ हजार सम्म तलब दिएर ठगी गर्नेको संख्या दुई दर्जन भन्दा बढि छ । 
जिल्लाको पहाडी गाबिसका बिद्यालय र तराईका बिद्यालयमा खुले आम खेताला शिक्षकको बिगबिगी बढेको र यो नियन्त्रण गर्ने नाममा जिल्ला शिक्षा कार्यालयको गम्भीर लापरबाही र मौनताले शिक्षामा खेलवाड भैरहेको ती शिक्षकले बताए ।
जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा भने जिल्लामा खेताला शिक्षक भएको आफुलाई थाहा नभएको र त्यस्तो थाहा पाएमा कडा कारबाही गर्ने बताउनुभयो । उहाँले खेताला शिक्षक राखेर सरकारलाई ढाँटेको पाईएमा एक छिन पनि जागीरमा टिक्न नदिने बताए पनि ठुला राजनीतिक संरक्षणमा रहेका त्यस्ता खेताला राख्ने शिक्षकलाई जिल्ला शिक्षा अधिकारीले कारबाही गर्न नसक्ने अधिकांश जिल्लाका शिक्षकहरु बताउँछन् । 
जिल्ला शिक्षाले सुस्म छानबीन गर्न नसक्दा बिद्यालयमा जाने दिवा खाजामा ठुलो घोटाला भएको पाईएको छ भने बिद्यालय बन्द हुदाँ समेतको रकम दिवा खाजाका नाममा निकाशा भएको पाईएको छ । नवलपरासीमा १४ हजार बालबालिकालाई दिवा खाजा बापतको प्रति  दिन रु १२ का दरले रकम राज्यले दिने गरेको भए पनि धेरै बिद्यालयले सो रकम बराबरको खाजा उपलब्ध नगराउने ,अधिकाशं दिनमा कम मुल्यको खाजा खुवाउने ,महिनामा मुश्किलले १५ दिन पनि खाजा नदिने जस्ता कार्य भै रहँदा पनि शिक्षा कार्यालयले छानबीन गरि कारबाही गर्न नसकेको स्थानीय बासीले बताए । दिवा खाजामा मात्र नवलपरासीमा झण्डै चार करोड भन्दा बढि रकम आउने गरेको शिक्षा कार्यालयको भनाई छ । यसमा करोडौं अनियमितता भएको आशांका गरिएको छ ।
दिवा खाजा प्राप्त गरेका कतिपय बिद्यालयले फर्जी बिल बनाएर पेश गर्ने गरे पनि कसैले कारबाही नगर्दा यस्ता कार्यले बढावा पाएको गुनासो बढेको छ । शिक्षा अधिकारी थापाले कडा छानबीन थालीएको बताउँदै,दोषी माथि कारबाही भएरै छाडने बताउनुभयो ।   

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...