Skip to main content

शिक्षक र कर्मचारीको तलब बाटो निर्माणमा


१७ जेठ, सुर्खेत ।  जिल्लाको सुदूर पश्चिममा पर्ने लगाम–५ धनरासका स्थानीयवासी आफैं बाटो निर्माणको अभियानमा जुटेका छन् ।
गुटु गाविस हुँदै अक्षामको बेनिघाट जोड्ने सडकखण्डअन्तर्गत लगाम बेनिघाटखण्डको धनराससम्म पर्ने सडकखण्डको निर्माणका लागि सक्रिय भएका उनीहरुले स्थानीय शिक्षक तथा कर्मचारीले एक–एक महिनाको तलब सडक निर्माणका लागि छुट्याउनुपर्ने निर्णयसमेत गराएका छन् ।
बाटो निर्माणलाई पूर्णता दिन आर्र्थिक सङ्कलन तथा श्रमदान गर्ने निर्णय गरेको उपभोक्ता समितिले उपभोक्ताहरुबाट न्यूनतम रु दुई हजार ५०० देखि रु एक हजार ७०० सम्म आर्थिक सङ्कलन गर्ने निर्र्णय गरिएको समितिका अध्यक्ष भीमबहादर तिरुवाले जानकारी दिए ।
उपभोक्ताहरुको आर्थिकस्तरलाई दृष्टिगत गर्दै आफूहरुले गरेको निर्णय सबैले स्वीकार गरेको अध्यक्ष तिरुवाले बताए ।
यसअघि उक्त सडक निर्माणका लागि गाविसले उपलब्ध गराएको रु दुई लाखले एक किलोमिटर बाटो मात्रै निर्माण भएपछि बाटो निर्माणको काम अवरुद्ध भएको थियो । अवरुद्ध अवस्थामा रहेको बाटोलाई पूर्णता दिई सञ्चालनमा ल्याउन लागिएको समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए ।
लगामदेखि धनराससम्म रहेको करिब चार किलोमिटर लामो बाटोलाई चार मिटर चौडा बनाइने छ । बाटो निर्माणकार्य पूरा भएपछि त्यहाँका करिब ४५० घरधुरी लाभान्वित हुनेछन् । रासस

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...