Skip to main content

कोरियाली भाषा परीक्षा असोजमा

पास गरिसकेका पनि सहभागी हुन पाउने
काठमाडौं : कोरियाली भाषापरीक्षा उत्तीर्ण गरेर पनि चित्तबुझ्दो अंक ल्याउन नसकेका युवाले फेरि भाषापरीक्षा दिने अवसर पाउने भएका छन्। आगामी असोज १० र ११ गते परीक्षामा उनीहरूलाई पनि सामेल हुने मौका दिइने भएको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस ) कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले आफूले चाहेअनुसारको राम्रो अंक ल्याउन नसकेका कोरिया जान आकांक्षी युवा असोजमा हुने भाषापरीक्षामा सामेल हुन पाउने जानकारी दिए।
तर रोस्टरमा रहेका युवा अहिलेको तालिकाअनुसार जान पाउने अवधि सकिएपछि मात्र नयाँ परीक्षाको प्राप्तांकअनुसार उनीहरू कोरिया जाने रोस्टरमा पर्नेछन्।
गतवर्ष असोजमा सञ्चालित भाषापरीक्षा उत्तीर्ण गरेका युवाको कोरिया जाने म्याद आउँदो पुस १५ सम्म छ। 'त्यसपछि मात्र उनीहरू आउँदो परीक्षामा प्राप्त गरेको प्राप्तांकका आधारमा नयाँ रोस्टरमा चढ्ने उनले बताए।
उनले भने, 'रोस्टरमा चढिसकेका युवाको तोकिएको समयसम्म पनि श्रमसम्झौता आएन भने यो वर्षको परीक्षामा पाएको अंकअनुसार पुन: अर्को वर्षको रोस्टरमा चढ्नेछन्।'
पुन: भाषापरीक्षामा सहभागी हुन चाहनेका लागि फर्म भर्ने मिति साउन २८ देखि ३१ गतेसम्म तोकिएको छ तर आउँदो वर्षको कोटा भने अहिलेसम्म निश्चित भइसकेको छैन। गतवर्ष आठ हजार ५१ जनाले कोरियाली भाषापरीक्षा पास गरेका थिए। उनीहरूमध्ये अहिलेसम्म तीन हजारभन्दा बढीको श्रमसम्झौता आइसकेको छ।
सरकारले खोलेका वैधानिक श्रम गन्तव्यमा नेपाली युवाको लागि दक्षिण कोरियामा सबैभन्दा आकर्षक वैदेशिक रोजगारीको गन्तव्य हो। हाल कोरियामा करिब २२ हजार नेपालीले काम गरिरहेका छन्। नेपाली विशेषत: कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्न ईपीएसमार्फत कोरिया जाने गर्दछन्। नेपालसहित १५ मुलुकका कामदारले ईपीएसअन्तर्गत कोरियामा काम गरिरहेका भए तापनि कोरियाले धेरै कामदार लिनेमा इन्डोनेसिया पहिलो र नेपाल दोस्रो स्थानमा पर्दछ।
कोरियाले सन् २०१४ मा नेपालबाट पाँच हजार सात सयजनासम्म कामदार लिन सक्ने सिलिङ दिएको छ तर बास्तोलाका अनुसार सन् २०१४ मा ६ हजारसम्म नेपाली युवा कोरिया जाने सम्भावना छ। कोरियामा नेपाली कामदारले न्यूनतम मासिक एक लाख रुपैयाँ कमाउन सक्ने भएकोले र सरकारी व्यवस्थाअन्तर्गत जाने भएकोले पनि बढी आकर्षक गन्तव्य भएको हो।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...