Skip to main content

पाँच विद्यार्थीका लागि ९ शिक्षक !


असार १४, पर्सा । पर्साको पोखरिया सतबरियामा रहेको एक विद्यालयमा दैनिक रुपमा विद्यार्थीभन्दा शिक्षक बढी उपस्थित हुने गरेको पाइएको छ । सो ठाउँमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा शिक्षकभन्दा विद्यार्थीको संख्या कम हुने गरेको पाइएको छ ।
स्थानीय सचेत अभिभावकहरुका अनुसार सुो विद्यालयमा कक्षा १ देखि ८ कक्षा सम्म पढाई सञ्चालन हुने भएपनि विद्यालयमा परीक्षाको समयमा समेत विद्यार्थीको उपस्थिति न्यून हुने गरेको पाइएको छ ।
दिनमा ५ जनाभन्दा बढी विद्यार्थी आएको रेकर्ड नै नभएको स्थानीयहरुले बताएका छन् । शिक्षाप्रतिको महत्व कम बुझेका कारण समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद चौहानले बताएका छन् । सो विद्यालयमा सवै प्रकारका गरेर ९ जना शिक्षक भएपनि विद्यार्थी नआउने र भएका शिक्षकहरु पनि हाजिर गरेर घर र्फकने गरेको पाइएको छ । 

विद्यार्थीलाई घरमा गएर ल्याउने अवस्था नभएका कारण पनि विद्यालयमा विद्यार्थीको संख्या कम भएको स्वयम् प्रअ चौहानले स्वीकारेका छन् । पर्साको सतबरियामा मात्रै नभई धेरैजसो विद्यालयमा यो समस्या देखिएको पर्साका शिक्षा कार्यालयका अधिकारीहरुले वताएका छन् ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

गजल र कबिता-भुमिराज शर्मा

गजल 1. शिक्षण गर्ने पेसा भन्दा जाति अरु केहि छैन शिष्य लाई गुरु भन्दा माथि अरु केहि छैन । सिक्ने अनि सिकाउने सुनौलो यो अबसर गुरुलाई शिष्य भन्दा साथी अरु केहि छैन । बिध्यार्...