सन्तोष गौतम, म्याग्दी २०७१ असार १२ । म्याग्दीको बेनी नगरपालिका १ मा रहेको गाउँ बाल संरक्षण तथा संम्र्वद्धन उपसमिति रत्नेचौरले बिहीबार भानु उच्च माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
विद्यालयमा अध्ययनरत ७५ जना विपन्न समुदायका बालबालिकाहरुलाई कापी, पेन्सील, ज्यामिटी बाकस, बर्णमाला किताबका साथै बाल कल्वलाई दराज तथा बालविकास केन्द्रको बसाई व्यवस्थापनका सामाग्री सहयोग गरीएको हो ।
५० हजार रुपैया मूल्य बराबरका सामाग्री सहयोग हस्तान्तरण गरिएको उक्त कार्यक्रमका अवसरमा बालअधिकारका विषयमा विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाहरुबीच अन्तरक्रिया पनि भएको थियो ।
साबिकको रत्नेचौर गाविसले बालबालिका क्षेत्रमा बिनियोजन गरेको एक लाख ८ हजार रुपैया बजेट बाट भानु उच्च माविमा सहयोग गरिएको र शुक्रबार रामचन्द्र मावि अर्जमलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको समितिका संयोजक कमल थापाले जानकारी दिए ।