Skip to main content

नवजागृत उच्च माविमा बधाई तथा शुभकामना



पर्बत, असार १३
पर्बत जिल्लाको तिलहार गाविसमा रहेको नवजागृत उच्च माध्यामिक बिध्यालयमा २०७० सालको एसएलसी परिक्षामा उर्तिर्ण हुने बिध्यार्थीहरुलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर जिसीको अध्यक्षता र साहेक जिल्ला शिक्षा अधिकारी हेम नारायण चपागाई, बिध्यालय निरिक्षक कृष्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यमा संचालन गरिएको उक्त कार्यक्रममा विशिष्ट अंक ल्याई उर्तिर्ण हुन छात्र मनोज केसी (८४.७५% ) , छात्रा इन्दिरा वस्नेत (८०% ) सहित उर्तिण हुने सम्पूर्ण बिध्यार्थीहरुलाई वधाई तथा शुमकामना व्यत्त गरिएको विध्यालयका प्रधानध्यापक बिष्णु सुवेदीले जानकारी दिएका छन ।
सामुदायिक बिध्यालयहरु मध्य यस विध्यालयले विशिष्ट श्रेणीमा आफ्ना बिध्यार्थीहरुलाई उर्तिर्ण गराई पर्बत जिल्लाकै एक नमुना सामुदायिक बिध्यालयको रुपमा स्थापित भएको र यस विध्यालयको अनुसरण अन्य सामुदायिक बिध्यालयले पनि गर्नुपर्नें प्रमुख अतिथि साहेक जिल्ला शिक्षा अधिकारी हेम नारायण चापागाईले बताएका छन । उनले थप्दै भने , सामुदायिक बिध्यालयको नतिजा बर्षेनी ओरालो लाग्नुको कारण विध्यालय, अभिभाबक र बिध्यार्थीको तालमेल नमिलेको हुनाले नतिजा कमजोर बन्दै गएको हुदाँ सवै विध्यालयमा विध्यालय, अभिभाबक र बिध्यार्थीको सम्बन्ध निकट बनाउदै लैजानु पर्नेंमा जोड़ दिएका छन । "
आफूले गुरुहरुले भनेको सवैकुरा मानेको र बिध्यार्थीले पालाना गर्नुपर्नें बिध्यार्थीका आचार सहिताको अक्षरांश पालना गरेको हुदाँ आफू विशिष्ट श्रेणीमा उर्तिण हुन सकेको भन्दै सवैले बिध्यार्थीले पालाना गर्नुपर्नें आचारसहिता मान्नुपर्नें छात्रा इन्दिरा वस्नेतले बताएकी छिन ।
उक्त कार्यक्रममा भूतपूर्व विव्यस अध्यक्ष ओम बहादुर घर्ती क्षेत्री , भूतपूर्व प्रधानध्यापक प्रेम कुमार लामिछाने , भूतपूर्व शिक्षक नन्दलाल सुवेदी , निमित्त प्रधानध्यापक बिष्णु सुवेदी , शिक्षक बैगुण्ठ भुसाल लगाएतले शुभकामना मन्त्व्य राखेका थिए भने उक्त कार्यक्रमको संचालन शिक्षक केशव राज देबकोटाले गरेका थिए ।

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

कार्यमूलक अनुसन्धान प्रतिवेदन(Action Research Report)

विद्यार्थीलाई नियमित गृहकार्य गराउन कसरी सकिएला भन्ने विषयमा गरिएको  कार्यमूलक अनुसन्धान प्रतिवेदन अनुसन्धानको पृष्ठभूमि ः   विद्यार्थीहरुमा शिक्षकले दिएको गृहकार्य सकेसम्म नगर्ने प्रवृत्ति प्रायः कक्षाहरुमा देखिन्छ । शिक्षकहरु जतिवेला पनि विद्यार्थीलाई अल्छि भए, दिएको काम कहिल्यै गर्दैनन् , घरमा कपी, किताब पल्टाउँदैनन् भनेर विद्यार्थीलाई दोष दिइरहेका हुन्छन् । तर विद्यार्थीलाई क्रियाकलापप्रति कति बनाउन सकिएको भन्ने कुरातर्फ ध्यान दिँदैनन् । मलाई हाम्रा विद्यालयहरुका विद्यार्थीले गृहकार्य कत्तिको गर्छन् । कम गर्छन वा बढी गर्छन् भनेर थाहापाउने प्रयत्न गरे तर धेरै शिक्षकका कक्षाहरुमा गृहकार्य कम गर्ने समस्या रहेको पाएँ । यसै कुरालाई अध्ययनको विषय विषय बनाएर अधिकांश विद्यार्थीहरु गृहकार्य किन गर्दैनन् यस कुराको बारेमा अनुसन्धान गर्ने चाहना बढ्यो र त्यसलाई नै कार्यमूलक अनुसन्धानको विषयवस्तु बनाएर अध्ययनको काम सुरु गरें ।   समस्याको पहिचान   मैले पढाउने विद्यालयको कक्षा ७ को अंग्रेजी सेक्सनमा जम्मा १९ जना विद्यार्थीहरु अध्ययनरत छन् । उक्त कक्षामा म दोश्रो ...