साउन ११ गते ,काठमाडौं । उच्चमाध्यामिक परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्याललाई सहसचिवमा बढुवा गर्ने निर्णय भएपछि परिषदका २७ जना कर्मचारीले एकमुष्ट राजीनामा दिएका छन् ।
आइतबार शिक्षामन्त्रीको अध्यक्षतामा बसेको परिषदको बैठकले अर्यालको बढुवालाई अनुमोदन गरेको थियो । बढुवा प्रति असन्तुष्ट व्यक्त गदैँ कार्यालय सहयोगीदेखि कामु सहसचिवसम्मकाले राजीनामा दिएका छन् ।