Skip to main content

काठमाडौं विश्वविद्यालयमा फेरि तालाबन्दी

काभ्रे, श्रावण ९ - विद्यार्थीलाई दिदै आएको छात्रवृत्तिलाई पारदर्शी नगरिएको भन्दै काठमाडौं विश्वविद्यालय (केयू)को प्रशासनमा तालाबन्दी गरिएको छ ।
अनेरास्ववियू काठमाडौ विश्वविद्यालय कमिटीले विश्वविद्यालयले आफ्ना मागको सम्बोधन नगरेको भन्दै  शुक्रवारबाट अनिश्चिकालका लागि तालाबन्दी गरेको हो । 'हाम्रा मागलाई बेवास्ता गरेपछि बाध्य भई तालाबन्दी गरेका हौं,' अनेरास्ववियू काठमाडौं विश्वविद्यालय कमिटीका अध्यक्ष पुजन गौतमले भने, 'आगामी दिनमा आन्दोलनका थप कार्यक्रमहरु अगाडी बढाउँछौ ।'
दसैंदेखि तिहार सम्मको एक मुस्ट बिदा, एसडब्लुसीको चुनाव, खेलकुद सप्ताहलगायतका विद्यार्थीका कार्यक्रमहरुसहित नयाँ शैक्षिक सत्रको क्यालेन्डर सार्वजनिक गर्नुपर्ने अनेरास्ववियुको माग छ ।
केयूमा यसअघि नेविसंघ, अनेरास्वबियु क्रान्तिकारीले अनेकौं पटक तालाबन्दी गरिसकेका छन् ।