Skip to main content

पुरस्कार रकम कटौति

१५ श्रावण, भक्तपुर । प्रवेशिका परीक्षा सञ्चालनका क्रममा उत्कृष्ट ठहरिएका ७५ परीक्षा केन्द्रले सरकारले दिने पूर्वघोषणा गरेको पुरस्कार रकम एकाएक कटौती भएको छ। पचहत्तर जिल्लाका लागि रु १८ लाख ७५ हजार रकम पुरस्कार राखिएको थियो। सरकारले दिँदै आएको रु २५ हजार राशिको पुरस्कार रकम कटौतीमा परेपछि उत्कृष्ट ठहरिएका केन्द्रका केन्द्राध्यक्षले गुनासो गरेका छन्। सोअन्तर्गत रु १५ हजार विद्यालय र रु १० हजार केन्द्राध्यक्षलाई पुरस्कार दिइन्छ। शिक्षा मन्त्रालय, शिक्षा विभागमार्फत परीक्षा नियन्त्रण कार्यालयले हरेक जिल्लाका एक उत्कृष्ट परीक्षा केन्द्रलाई गत वर्षसम्म सो रकम पुरस्कारको रूपमा दिँदै आएको थियो। 

विसं २०७० को परीक्षामा व्यवस्थापन र मर्यादाका दृष्टिले हरेक जिल्ला परीक्षा समितिले हरेक वर्ष एक केन्द्र ९विद्यालय० लाई उत्कृष्ट घोषित गरी पुरस्कार रकमका लागि सिफारिस गर्दैआएको छ। गत वर्षको परीक्षामा काठमाडौँ जिल्लाभरिमा उत्कृष्ट परीक्षा केन्द्र घोषित भएको थानकोटस्थित मङ्गलोदय उमाविका प्राचार्य लीलानाथ शर्माले एकाएक सो रकम नपाउने जानकारी आएको गुनासो गरे। 

पनिकाले तीन वर्षदेखि यस्तो पुरस्कार रकमको व्यवस्था गर्दै आएको छ। परीक्षामा चिट चोराउने, गुन्डागर्दी हुनेजस्ता विकृति रोक्नका लागि प्रोत्साहन दिन पुरस्कारको व्यवस्था गरिएको हो। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले विभागले सरकारबाट पाउनेमध्ये वार्षिक रु चार अर्ब रकम पाउने कटौती भएकाले उत्कृष्ट केन्द्रलाई पुरस्कृत गर्न नसकिएको बताए। प्राचार्य शर्माले उत्कृष्ट विद्यालयका लागि सरकारले घोषणा गरेको पुरस्कार रकम अहिले एका एक नपाउनु दुःखद् हो, यसले हाम्रो मनोबल गिराउँछ,ु उनले भने। 

Popular posts from this blog

कार्यमूलक अनुसन्धान सम्बन्धि जानकारी र केही नमुनाहरु

एक्सन रिसर्च  सन् १९०३ पश्चात् कार्यमूलक अनुसन्धानको प्रयोग शैक्षिक क्षेत्रमा सुरुआत भएको हो । अधिकांश शिक्षकहरु स्वयम्मा एक्सन प्लान, एक्सन रिसर्च, प्रोजेक्ट वर्क जस्ता टर्महरुमा अलमलमा परेको वा एकै प्रकारले व्याख्या गर्ने र बुझ्ने गरेको समेत पाइएको छ ।विशेषतः शिक्षण सिकाइ प्रक्रियाको सिलसिलामा शिक्षकले फेस गर्नुपरेका समस्याहरु समाधान गर्नका लागि कार्यमूलक अनुसन्धान गर्ने र उक्त अनुसन्धानबाट शिक्षण सिकाइमा आएको सुधारसहितको प्रतिवेदन प्रस्तुति एक महत्वपूर्ण शैक्षिक पक्षमा हामी शिक्षण पेसाकर्मीहरु जुटिरहेका छौं । शैक्षिक स्तरीयतामा अभिवृद्धि सहितको कक्षाकोठाको क्रियाकलापमा सहजता र सरलता स्थापना गर्दै दैनिक शैक्षिक क्रियाकलाप समस्यामूक्त बनाउने काम नै एक्सन रिसर्चको अभिष्ट हो । यो गरेर सिक्ने विधि हो । एक्सन रिसर्च के हो ? एक्सन रिसर्चको व्यापक परिभाषा र अर्थको सहजीकरण लामो र विस्तृत विषय हो । संक्षिप्तमा त पहिचान हुनु जरुरी छ नै । खासगरी शिक्षकद्वारा गरिने ...

प्राबिधिक शिक्षा

प्राबिधिक शिक्षा देश बिकासको आधार कुनै प्रविधिसँग सम्बन्धित भएर हासिल गरिने व्यावसायिक ज्ञानलाई प्राविधिक शिक्षा भनिन्छ । सामान्यतया शिक्षाको अर्थ ज्ञान आर्जन गर...

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू

सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही शिक्षण विधिहरू सामाजिक अध्ययनमा विशेष गरी गरेर सिक Learning By Doing पक्षलाई बढी जोड दिइएको छ । त्यसले यस विषयमा विद्यार्थी केन्द्रित शिक्षण विधिहरू प्रयोगमा ल्याउनुपर्दछ । सामाजिक अध्ययन विषयमा प्रयोग गर्न सकिने केही विधिहरू निम्नानुसार रहेका छन् ः अ) छलफल विधि ः दुई वा दुईभन्दा बढी व्यक्ति सहभागी भई गरिने कुराकानी तथा अन्तत्र्रिmयालाई छलफल विधि भनिन्छ । यसमा निश्चित विषयवस्तुभित्र रहेर समूहमा छलफल गराइन्छ र अन्त्यमा उक्त छलफलबाट केही उपलब्धि निकालिन्छ र सबै सामु प्रस्तुत गरिन्छ । छलफल विधि पनि विषयवस्तुको प्रकृति, विद्यार्थी सङ्ख्या, कक्षाकोठाको बनोट र आवश्यक फर्निचरको प्रकृति आदिको आधारमा फरकफरक तरिकाले गर्न सकिन्छ । प्यानेल छलफल, राउन्ड टेबल छलफल, बज छलफल आदि छलफलका तरिका हुन् । शिक्षणमा छलफलको प्रयोग गर्ने तरिका ः छलफल विधि प्रयोग ल्याउ―दा निम्नलिखित चरण अपनाउनु पर्दछ ः  समूह विभाजन  छलफल गर्ने विषयवस्तुको निर्धारण  छलफल गरिने समयको निर्धारण  समूहमा कार्य विभाजन ( टिपोट गर्ने, प्रस्तुति गर्ने आदि )  छलफलमा सहभागी ह...